logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डले भन्नुभयो रे, मैले हेर्दा सम्ममा थिएन ! सो भए सरकार कसले चलाउँदैछ? – कांग्रेस सांसद बडु

  • राजनीति
  • आइतबार, बैशाख २२ २०७६

पोखरा – नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भन्दै गरेको सम्बोधन फिर्ता लिन नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले माग गरेका छन्।

संसद बैठकमा बोल्दै बडुले भने, ‘ यो सम्बोधन सुहाउँदैन, फिर्ता लिनुपर्छ । पार्टीका अर्का अध्यक्षले भन्नुभयो रे, मैले हेर्दा सम्ममा थिएन। यसले सरकार कसले चलाउँदैछ भन्ने प्रश्न उठेको छ ।’

उनले प्रदेशबाट ठाडो आदेशमा बजेट गइरहेको बताउँदै यसले संघीयतामाथि प्रहार भएको बताए ।

‘म भ्रष्टाचार हुन दिन्न, गर्दिन भनेर जनतालाई गिज्याएको छ । सुन काण्ड, नर्वे पैसा काण्ड, काण्डै काण्ड । अनि अर्काे कुरा वाइडबडीमा छानबिन गर्न सरकारलाई कसले रोकेको छ?’ बडुले प्रश्न गरे

प्रचण्डले पढ्ने बेला नभएको ‘मेरो सरकार’ कसले कति बेला थप्यो ?

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्दावली उल्लेख गरेकामा नेकपा संसदीय दलको बैठकमा आलोचना भएको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले नै नीति तथा कार्यक्रम आफूले पढदा ‘मेरो सरकार’ उल्लेख नभएको बताएपछि सांसदहरू झन् अचम्मित भएका थिए। यो खबर कान्तिपुर ऋषिराम पौड्यालले लेखेका छन्।

‘अरू विषयमा छलफल भएको थियो,’ दाहालले भने, ‘मेरो सरकारको कुरा मैले पढेको नीति तथा कार्यक्रममा थिएन । मलाई यसबारे जानकारी छैन।’

बैठकमा सांसद रामकुमारी झाँक्रीले ‘मेरो सरकार’ भनिएकामा आपत्ति जनाएकी थिइन् । ‘यो भाषा बेठीक छ । गणतन्त्रमा यस्तो भाषा सुहाउँदैन,’ उनले भनिन् । बैठकपछि झाँक्रीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी छन्, ‘मेरो सरकार भन्ने चलन संसारभरि छ भन्ने भनाइसँग सहमत हुन सकिएन । आफ्नो फरक मत राख्दै नीति तथा कार्यक्रम पास गर्न भोट हाल्नेछु।’

बैठकमा सांसद जनार्दन शर्माले मेरो सरकार भन्ने भाषाले राष्ट्रपति विवादमा परेकाले यसलाई सरकारले प्रस्ट पार्नुपर्ने बताए । सांसदहरूले आलोचना गरेपछि नेताहरूले अन्तर्राष्ट्रिय मान्यताअनुसार नै यस्तो भाषा राखिएको भन्दै सम्झाउने प्रयास गरेका थिए।

करिब साढे १२ बजे सुरु भएको बैठकको प्रारम्भ गर्दै दलका सचेतक देव गुरुङले उपनेता सुवासचन्द्र नेम्वाङलाई बोल्न दिएका थिए । नेम्वाङले प्रधानमन्त्री तथा संसदीय दलका नेता आउँदै हुनुहुन्छ, छलफल गर्दै गरौं भन्दै आफ्ना कुरा राखेका थिए।

नीति तथा कार्यक्रम राम्रो आएको छ, यसको भावना र मर्म प्रस्ट गरौं भन्दै उनले सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा निर्देशन दिएका थिए।

उनले लामो भनाइ राख्दै नीति कार्यक्रम पारित भएपछि बस्ने पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले बोल्न पाउने जानकारी गराएका थिए । उनको यो भनाईप्रति असहमति जनाउँदै झाँक्रीले हात उठाएर बोल्न समय माग गरेकी थिइन्।

सांसदहरू खगराज अधिकारी र सुरेन्द्र पाण्डेले नीति पारित गराउन भोट हाल्न मात्र लगाउन नहुने तर्क गरेका थिए । अधिकारीले भने,‘बैठकमा सांसदहरू बोल्न पाउनुपर्छ।’ पाण्डेले बोल्न नपाउने हो भने भोट हाल्ने खबर दिन मात्र किन बोलाएको भन्दै प्रश्न गरेका थिए।

सांसदहरूले माथिबाट निर्देशन दिएको मात्रै सुन्नुपर्ने, आफूहरू बोल्नबाट वञ्चित भएको भन्दै नेतृत्वको आलोचना गरेका थिए।

सांसदहरू बोलेपछि दाहाललाई बोल्न दिइएको थियो । उनले सांसदहरूको बोल्न पाउनुपर्छ भन्ने मागको समर्थन गरेका थिए । उनले नीति तथा कार्यक्रमको विशेषता बताएका थिए।

गत वर्ष भर्खरै पार्टी एकता भएकाले आफूले नीति कार्यक्रममा धेरै ध्यान दिन नपाएको उनले बताए । ‘यसपटक सबै छलफल भएरै तयार भएको हो’ु उनले भने । दाहालले बोल्दाबोल्दै प्रधानमन्त्री ओली बैठकमा आएका थिए।

ओलीले बोल्ने क्रममा नीति तथा कार्यक्रम उत्कृष्ट भएको बताएका थिए । नेपालको विकास प्रयास देखेर विदेशीहरू चकित परेको भन्दै उनले समाजवादमा कोही जनता भोकै नहुने दाबी गरेका थिए।

उनले नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्दावली विदेशमा पनि राष्ट्रध्यक्षले प्रयोग गरेको प्रसंग जोडदै भनेका थिए,‘यो अन्तर्राष्ट्रिय चलन हो’ उनले करिब पौने एक घण्टा बोलेका थिए ।‘सार्वभौम जनता हो, जनताले चुनेको सरकार र राष्ट्रपतिले मेरो सरकार भन्नु उचित छ,’ उनको तर्क थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार