logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले दुई तिहाईको ओली सरकार ढल्ने भन्दै यस्तो गरे संकेत


  • राजनिती न्युज डेस्क
  • आइतबार, बैशाख २२ २०७६

पोखरा- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सबै मिलेर गणतन्त्र र संविधानलाई बलियो बनाउनु पर्ने बताएका छन ।

सिन्धुलीको फिक्कल गाउँपालिका– २ चण्डीभन्ञ्याङ्गस्थित मावि सुम्नाम सुन्तलेको नबनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी गर्दा सबै दल एकजुट भए जसरी नै गणतन्त्र र संविधानलाई बलियो बनाउनु पर्ने धारणा राखे ।

जनअपेक्ष अनुरुप काम गर्न नसके अलिलेको दुई तिहाईको सरकार चार बर्षमा गुम्न सक्ने बताउदै उनले भने, “२०१७ सालमा विपी कोइराला नेतृत्वमा बनेको काँग्रेसको दुई तिहाईको सरकारपनि जनअपेच्छा अनुसार काम गर्न नसकेपछि गुमेको थियो ।”

“सबैको आसा समृद्धि छ,” उनले भने, “संविधान समृद्धिको लागि हो ।” राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले निर्वाचनका बेला घोषणा पत्रमा उल्लेख गरेका केही कामहरु भएका भएपनि एक वर्षको समयमा ऐन निर्माण, संसोधन, कार्यालय र कर्मचारी व्यवस्थापन जस्ता काम भएको बताए । उनले भने, “धेरै कुरा भएर पनि देखिएको छैन । समृद्धिका लागि जग निर्माण गर्ने काम पुरा भएको छ ।” उनले यस अघिका शासकका राष्ट्र बनाउने दुर दुष्टि नहुदा देश कंगाल बनेको तर्क दिदै विदेशीले पत्याउने दललाई होईन राष्ट्र बनाउने दललाई भोट दिनु पर्ने बताए ।

“अबको २० बर्षमा के लिन्छ होईन, विदेशीलाई के दिन्छ भन्ने राष्ट्र बनाऔं,” उनले भने । उनले एक गाउँपालिका एक प्राविधिक शिक्षालयको स्थापना गरेर सरकारले शिक्षामा व्यवसायिकरण गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा सङ्घीय सांसद गणेशकुमार पहाडी प्रदेश सांसद प्रदीप कटुवाल, लेखनाथ दाहाल, विनोदकुमार खड्का, फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवारले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका शिक्षक र अभिभावक लाग्नुपर्ने धारणा राखे ।

एशियाली विकास बैंकको सहुलियत ऋण र नेपाल सरकारको लगानीमा फिक्कल गाउँपालिका–२ माध्यमिक विद्यालय सुम्नाम सुन्तलेमा भूकम्प प्रतिरोधी विद्यालयको भवन निर्माण भएको हो । विसं २०७२ को विनाशकारी भूकम्पले विद्यालयको भौतिक संरचनामा क्षति पु¥याएपछि पठनपाठनमा समस्या हुँदै आएको थियो । रु पाँच करोड, २४ लाख, २५ हजारको कूल लागतमा १४ कोठे पक्की, बलमैत्री सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको हो ।साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार