logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नयाँ शक्ति र फोरमको एकता अघि नै जुर्यो पार्टीको नाम ! हेर्नुस नयाँ नाम यस्तो छ


  • राजनिती न्युज डेस्क
  • आइतबार, बैशाख २२ २०७६

पोखरा- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएर गठन भएको पार्टीको पनि नाम जुरेको छ। दुई वीच समाजवादी पार्टी, नेपालको नाम जुधेको हो । पार्टी एकीकरणको आधिकारिक घोषणा गर्नुअघि दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा गएर बुझ्दा समाजवादी पार्टी, नेपाल पहिलादेखि नै दर्तामा रहेको जानकारी दिए ।

पार्टीको नयाँ नाम राख्ने विषयमा अहिले छलफल भइरहेकोछ । सहमतिअनुसार समाजवादी पार्टी नै रहने भएपनि ‘नेपाल’ कहाँ राख्ने भन्ने विषयमा थप छलफल भइरहेकोस्रोत बताउछन ।

ती दुई पार्टीले शनिबार एकीकरण गर्ने घोषणा गरेका थिए । सो एकीकरण प्रस्तावलाई नयाँ शक्तिको सचिवालय बैठक र फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेको फोरम नेपालका केन्द्रीय सदस्य सन्तोष सिलवालले बताए ।

नेकपा अध्यक्ष ‘प्रचण्ड’ले दोस्रो विवाह गर्दै ! आखिर को हो दुलही ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि विवाह गर्ने भएका छन् । प्रचण्डले अन्य कुनै महिलासँग नभइ आफ्नी पत्नी सीता दाहालसँगै दोस्रो पटक विवाह गर्न लागेको अनलाइन मिडिया रातोपाटीले समाचार लेखेको छ । रातोपाटीले प्रचण्ड निकट स्रोतको हवाला दिँदै आगामी बैशाख २६ गते प्रचण्ड र सीताबीच दोस्रो पटक विवाह हुन लागेको उल्लेख गरेको छ ।

समाचारमा उल्लेख भएअनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ र यही अवसर पारेर पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको समाचारमा उल्लेख छ ।

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

राजेन्द्र महतोको सरकारलाई प्रश्नै प्रश्न : नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो ?

राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको आरोप लगाएका छन।

आइतबार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा महतोले भने, ‘यो नीति तथा कार्यक्रम कस्तो छ ? झुटको खेतीजस्तै छ । जनतालाई गुमराह गर्ने खालको । सफेद झुट जनताको अधिकारमाथि दिनदाहाडै डकैती ।’

महतोले नीति तथा कार्यक्रम ७ नम्बर बुदामाथि संशोधन हालेको बताए ।

संविधानको सर्वस्वीकार्यतामा अब विमती छैन भन्ने उल्लेख भएको प्रति उनले प्रश्न गरे–‘कहिलेदेखि संविधानमा विमती छैन ? कसरी लेख्यो यो नीति तथा कार्यक्रम ? आधा निद्रामा लेखेको हो कि कसो ? प्रधानमन्त्री जी हुनुहुन्न ? यो संविधानमा विमती नै छैन रे ? भो अब ।’

उनले पचासौँ पटक संसदमा आफ्नो दलले विमती जनाएको बताउँदै संविधानमा नोट अफ डिसेन्ट लेखेर प्रचण्डले नै विमती जनाएको बताए । उनले नीति तथा कार्यक्रममा कसरी यस्तो लेखियो भन्दै पश्न गरे ।

उनले उप्रधानमन्त्री उपेन्द्र यादवलाई देखाउँदै भने–‘हाम्रो उपेन्द्र जी, उपप्रधानमन्त्री हामीसँगै लडेको हो । सयौँ मान्छे मार्न लगाएकै हो । अनि सरकारमा जान २ बुदेँ सहमती गरेकै हो । त्यो विमती नभएको भए किन सहमती गरेको हो । अनि विमती छैन ? के हो यो ?’

६ महिना नाकाबन्दी, चक्काजाम गरेर संविधानमा विमती देखाएको हैन भन्दै उनले सयौ मान्छेले ज्यान गुमाएको विमती हैन भन्दै प्रश्न गरे । उनले भने–जे मन लाग्यो त्यही लेख्दिने ? यसरी मुलक चल्ने हो ? आफैले विमती छ भनेर स्वीकार गर्ने अनि विमती छैन भनेर लेख्ने ? कि भाङ खाएर लेखेको हो ?’

उनले संविधानमा विमती भएर नै संविधान संशोधनको प्रस्ताव आएको हैन भन्दै प्रश्न गरे ।

उनले शाही सम्बोधनमा आएको नीति तथा कार्यक्रम आएको भन्दै यस्तो पहिले श्री ५ को सरकार हुँदा मात्र हुने गरेको स्मरण गराए । ‘के गढबढ भइसक्यो कि फेरि।।। ?,’ उनले प्रश्न गरे

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार