राजनीति
कपिलवस्तु – विभिन्न पार्टी परित्याग गरि अढाइ सय बढि कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई माहा मन्त्री डा शशांक कोइरालाले फुलमाला अनि अबिरले स्वागत गरेका छन छन् । तत्कालीन माओवादीकी सभासद इन्द्रवती यादवलाई महामन्त्री कोइरालाले स्वागत गरेका हुन। साथै नया शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेसवादी नेता चक्रधारी पाण्डेय, फोरमका अब्दुल रउफ लगायत २ सय ५० बढिलाई महामन्त्री कोइरालाले फुल माला लगाई पार्टीमा प्रवेश गराएक हुन ।
नेपाली कांग्रेस साविक क्षेत्र नम्बर २ कपिलवस्तुले मायादेबी गाउपालिको डुमरामा राखेको सभालाई सम्बोधन गर्दै केपी ओली नेतृत्वको वर्तमान सरकार पुर्णरुपमा बिफल भएको आरोप लगाउदै कोइरालाले दुई तिहाई सरकारले एक बर्षको दौरानमा माखो पनि मार्न नसकेको भन्दै बाकी ४ पनि केही गर्न नसक्ने दाबी गरेका छन ।
उनले सरकारले जनतालाई पुरा नर्ग नसक्ने सपनाको पोका बाडेको बताए । ‘ सरकार टोलल बिफल भयो, बाकी चार बर्ष पनि केही नर्ग सक्दैन ’ उनले भने ‘ जनताालाई खाली पुरा नहुन सक्ने सपना मात्र बाडिरहेको छ ’ । किशानलाई पानी दिन नसक्ने सरकारले पानी जहाजको कुरा गर्नु हास्यास्पद रहेको उनी बताउछन ।उनले २०४८ साल पछि कांग्रेस १५ र एमाले १३ बर्ष सरकारको नेतृत्व गरेको र कांग्रेसको पाला मै सडक पुल विश्वविद्यालय, स्वास्थ्य लागतयका क्षेत्रमा फडको मारको उनले बताए । सोही अवसरमा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकार भ्रष्टचारमा डुबेको आरोप लगाए । उनले दुई तिहाईको सरकार आफै सकिएर जाने बताए ।