logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपा “विप्लव” गण्डक प्रमुख आस्थाको कडा चेतावनी फासीबादी व्यवहारको जबाफ दिने


  • राजनीति
  • सोमबार, बैशाख २३ २०७६

नेपाल कम्युनिष्ट पार्टी गण्डकी ब्युरोले दमन र गिरफ्तारी तत्काल बन्द गर्न ओली सरकारलाई चेतावनी दिएको छ ।

नेता कार्यकर्ता गिरफ्तारीको सिलसिला नरोकिएपछि सोमबार नेकपा गण्डक ब्युरो इन्चार्ज आस्थाले एक विज्ञप्ति जारी गर्दै सरकारी दमनको घोर भत्र्सना गरेकी छिन् ।आफ्नो पार्टीका नेता कार्यकर्ता र क्रान्तिकारी नेपाली जनतालाई राजनीतिक, बैचारिक आस्थाकै आधारमा गिरफ्तार गरी झुठा मुद्धा लगाई गैरकानुनी रूपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिरहेको भन्दै आपत्ति जनाएकी छिन ।

इन्चार्ज आस्थाले आइतबार मात्रै नेकपा गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरीकपिल भट्टलाई पार्टी कामको सिलसिलामा रहेकै अवस्थामा पालुङटार नगरपालिका वडा नं. ७, खोलाघाटबाट गिरफ्तार गरेको र कास्कीमा मजदुर नेता श्याम पाण्डेलाई अनावश्यक रुपमा म्याद थप्दै हिरासतमा राखिरहेको भन्दै विरोध जनाएकी छिन् ।यस्तै प्रहरीको धरपकडमा परेर गोरखा सेक्रेटरी कपिल भट्ट घाइते भएकाे समेत विज्ञप्तिमा उल्लेख छ ।

गिरफ्तार सबै नेता कार्यकर्ताको रिहाइको माग गर्दौ उनले यस विषयमा बोल्न सबै पक्षलाई आग्रह समेत गरेकी छिन् ।विज्ञप्तिमा भनिएको छ- राजनीतिक कार्यक्रमका सिलसिलामा रहेका हाम्रा नेता कार्यकर्तालाई झुठा आरोपमा गिरफ्तार गर्ने, गैरकानुनीरुपमा थुनामा राख्ने तथा मानसिक शारीरिक यातना दिने घटनाको हामी घोर भत्र्सना गर्दछौँ । धरपकड तथा हिरासतमा रहँदा घाइते हुनुभएको गोरखा जिल्ला सेक्रेटरी क.कपिल भट्ट लगायत सबैको स्वास्थ्य लाभको कामना गर्दछौँ ।

त्यस्तै गिरफ्तार गरिएका तमुवान जनसरकार प्रमुख किसान सिंह गुरुङलाई ५ हजार र कास्की जनसरकार प्रमुख रामकाजी गुरुङलाई १ हजार धरौटी सहित कास्की जिल्ला अदालतलले तारेखमा रिहा गरेकोमा तारेखमा जाँदा प्रशासनले गैरकानुनी रूपमा पुनः गिरफ्तार गरेको भन्दै आपत्ति जनाएकी छिन ।;त्यस्तै गिरफ्तार गरिएका तमुवान जनसरकार प्रमुख किसान सिंह गुरुङलाई रु. ५,००० र कास्की जनसरकार प्रमुख क.रामकाजी गुरुङलाई रु. १०,००० धरौटी सहित कास्की जिल्ला अदालतलले तारेखमा रिहा गरेकोमा तारेखमा जाँदा प्रशासनले गैरकानुनी रूपमा पुनः गिरफ्तार गरेको छ ।

यसैगरी स्याङ्जा जिल्ला सेक्रेटरी क.गोकुल पराजुली, मजदुर नेता क.गोविन्द ओली सहित पार्टी जिल्ला कमिटी सदस्य क.सागर अर्याल र महिला नेत्री क.मिसिरा नेपालीलाई गिरफ्तार गरी झुठा मुद्धा लगाई गैरकानुनी रूपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिरहेको छ ।पार्टी पुर्नगठनको आवश्यकतालाई स्प्रष्ट गर्दै उठाएका विषयहरु जनतामा स्थापित हुँदै गएको र प्रतिक्रियावादी दलालहरुको सत्ताको चरित्र नागरिकता, वालुवाटर, वाइडवडी, टुँडिखेल, आयल निगम, राष्ट्रपतिको सम्बोधन, सरकारी सुविधाको चरम लुट, फोर जी, वुढीगण्डकी लगायतका विषयमा जनताले बुझ्ने गरी प्रकट भएको इन्चार्ज आस्थाले बताएकी छिन ।

विज्ञप्तिमा भनिएको छ;

राष्ट्रघाति, जनघाति, भष्ट्राचारी र तस्करहरुको हुलले राज्यसत्ताको चरम दुरुपयोग गरी न्याय र समानताको लागि लडिरहेका बहादुर जनताका छोराछोरीमाथि गर्ने दमन र जालसाजीको प्रतिरोध गर्न नेपाली जनता तयार रहेको तथा यस्ता शासकहरुको मतियार नबन्न हामी नेपाली सेना, प्रहरी, निजामती कर्मचारी, न्यायपालिका सम्वद्ध व्यक्तिहरु र विभिन्न दलमा आवद्ध वास्तविक देशभक्त, क्रान्तिकारी र लोकतन्त्रबादी नेता कार्यकर्ताहरुलाई समेत आब्हान गर्दछौँ ।यस्तो छ विज्ञप्तिको पूर्ण पाठहाम्रो पार्टीमाथि फाँसीवादी केपी सरकारले प्रतिबन्ध लगायसँगै देशभर दमन धरपकडलाई तिव्रता दिदैँ आएको छ ।

यसै क्रममा हिजोमात्र हाम्रो पार्टीका गोरखा जिल्ला इन्चार्ज क. योगेन्द्र कुमाल र सेक्रेटरी क. कपिल भट्टलाई पार्टी कामको सिलसिलामा रहेकै अवस्थामा पालुङटार नगरपालिका वडा नं. ७, खोलाघाटबाट गिरफ्तार गरेको छ भने कास्कीमा मजदुर नेता क. श्याम पाण्डेलाई अनावश्यक रुपमा म्याद थप्दै हिरासतमा राखिरहेको छ ।त्यस्तै गिरफ्तार गरिएका तमुवान जनसरकार प्रमुख किसान सिंह गुरुङलाई रु. ५,००० र कास्की जनसरकार प्रमुख क.रामकाजी गुरुङलाई रु. १०,००० धरौटी सहित कास्की जिल्ला अदालतलले तारेखमा रिहा गरेकोमा तारेखमा जाँदा प्रशासनले गैरकानुनी रूपमा पुनः गिरफ्तार गरेको छ । यसैगरी स्याङ्जा जिल्ला सेक्रेटरी क.गोकुल पराजुली, मजदुर नेता क.गोविन्द ओली सहित पार्टी जिल्ला कमिटी सदस्य क.सागर अर्याल र महिला नेत्री क.मिसिरा नेपालीलाई गिरफ्तार गरी झुठा मुद्धा लगाई गैरकानुनी रूपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिरहेको छ ।

राजनीतिक कार्यक्रमका सिलसिलामा रहेका हाम्रा नेता कार्यकर्तालाई झुठा आरोपमा गिरफ्तार गर्ने, गैरकानुनीरुपमा थुनामा राख्ने तथा मानसिक शारीरिक यातना दिने घटनाको हामी घोर भत्र्सना गर्दछौँ । धरपकड तथा हिरासतमा रहँदा घाइते हुनुभएको गोरखा जिल्ला सेक्रेटरी क.कपिल भट्ट लगायत सबैको स्वास्थ्य लाभको कामना गर्दछौँ ।यस्ता फासीबाँदी प्रवृत्तिको गम्भीरतापूवर्क भण्डाफोर गर्न, प्रतिकार गर्न र राजनीतिक गतिविधि सञ्चालनकै आधारमा गरिने कायरतापूर्ण दमनको विरोध गर्न नागरिक समाज, मानवअधिकारवादी संघसंस्था, पत्रकार लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई अपिल समेत गर्दछौँ ।

हामीले पार्टी पुर्नगठनको आवश्यकतालाई स्प्रष्ट गर्दै उठाएका विषयहरु जनतामा स्थापित हुँदै गएको र प्रतिक्रियावादी दलालहरुको सत्ताको चरित्र नागरिकता, वालुवाटर, वाइडवडी, टुँडिखेल, आयल निगम, राष्ट्रपतिको सम्बोधन, सरकारी सुविधाको चरम लुट, फोर जी, वुढीगण्डकी लगायतका विषयमा जनताले बुझ्ने गरी प्रकट भएको छ ।राष्ट्रघाति, जनघाति, भष्ट्राचारी र तस्करहरुको हुलले राज्यसत्ताको चरम दुरुपयोग गरी न्याय र समानताको लागि लडिरहेका बहादुर जनताका छोराछोरीमाथि गर्ने दमन र जालसाजीको प्रतिरोध गर्न नेपाली जनता तयार रहेको तथा यस्ता शासकहरुको मतियार नबन्न हामी नेपाली सेना, प्रहरी, निजामती कर्मचारी, न्यायपालिका सम्वद्ध व्यक्तिहरु र विभिन्न दलमा आवद्ध वास्तविक देशभक्त, क्रान्तिकारी र लोकतन्त्रबादी नेता कार्यकर्ताहरुलाई समेत आब्हान गर्दछौँ ।जनताको अधिकारका खातिर लागेका निर्दोष कार्यकार्तामाथि गरिएको फासीबादी व्यवहारका मातियाराहरुलाई इतिहाँसले क्षमा नगर्ने प्रष्ट पार्दै यस्ता फासीबादी व्यवहारको जबाफ जनप्रतिरोध बाहेक अरु नहुने कुरा प्रष्ट पार्न चाहन्छौँ ।

अभिवादन सहित !वैशाख २०७६

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार