logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मधेसी परिवारमा जन्म लिनु हाम्रो दोष ? ,पहाडिया भएको भए नेपाली नै हुन्थे”-महन्थ ठाकुर


  • राजनीति
  • सोमबार, बैशाख २३ २०७६

राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले संघीय संसदमा नीति तथा कार्यक्रमको छलफलमा नागरिकताको प्रश्न उठाएका छन्।

ठाकुरले नागरिकता लिन भारतीयको लाइन हुन्छ भन्ने प्रचारको खण्डन गरे।

‘लाइनमा भारतीय हुन्छ तर दिने कुर्सीमा को बसेको हुन्छ’, ठाकुरले प्रश्न गरे, ‘गृह मन्त्रालयमा को बसेको छ? त्यहाँ पनि इण्डियनहरू नै हो? नागरिकता दिनेहरू पनि इण्डियनहरू हो? उनीहरूले आफ्नो नागरिकलाई चिनिरहेको छैन?’

उनले नागरिकताको कुरा सुन्नासाथ ‘दम घुट्ने’ बताए। ‘नागरिकताको कुरा सुन्नासाथ दम घुट्छ। सास लिने अवस्था हुँदैन। आफ्नै घरमा खेत र खलियानमा हामीले विदेशीको पीडा खेप्नु परिरहेको छ। कृपया यस किसिमको प्रश्न उठाउँदा पुरानो ‘माइण्ड’मा प्रश्न उठाउनुपर्छ। यहाँ त ब्रदरका लागि एउटा कानुन छ सिस्टरका लागि एउटा कानुन छ। मधेसीका लागि एउटा कानुन छ।’

ठाकुरले थपे – ‘के हाम्रो दोष हो कि म मधेसी परिवारमा जन्म लिएको। त्यो बदल्न सकिन्छ? पहाडमा जन्मिएको भए पहाडी परिवार हुन्थ्यो। मेरो पनि भाग्य हुन्थ्यो सौभाग्य हुन्थ्यो नेपाली भन्ने। तर मधेसी परिवारमा जन्म लिएको हुँ मधेसी भन्नुहुन्छ। अनि अहिलेसम्म त्यो विभेद हटेको छैन। मेटिएको छैन। समानताको कुरा गर्नुहुन्छ तर समानता छ। विभेद जारी छ।’ उनले भने, ‘अनुहार हेरेर, ड्रेस हेरेर, एउटा भाषामा राष्ट्रियता हेर्ने अनि विविधतापूर्ण देश भन्ने?’, भन्दै प्रश्न गरे।

उनले संविधानमा सबै भाषा राष्ट्र भाषा भनेर लेखिएको बताए ।

‘तर संविधानमा कुन भाषा राष्ट्रभाषा हो देखाउन सक्नुहुन्छ’, ठाकुरले भने, ‘कति राष्ट्रभाषा हाम्रो देशमा छ?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार