राजनीति
वर्तमान सत्तमा रहेको दल संघीय समाजवादी फोरम नेपाल र पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले साेमबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएकाे छ । प्रज्ञा प्रतिष्ठान भवनमा आयाेजित घाेषणासभामा भट्टराई र यादवले नाै बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ। संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति छ।