logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्डलाई ओलीले घुमाउरो पारामा भने”सामन्ती सोच भएकाहरुले “मेरो सरकार” भन्दै बिरोध गरे”


  • राजनीति
  • सोमबार, बैशाख २३ २०७६

काठमाण्डाै – राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने कुरामा विरोध गर्ने हरु सवै सामन्ती चिन्तन भएकाहरुबाट आएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन।राज्यको सर्वोच्च निकाय राष्ट्रपति भएको भन्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई राष्ट्रपतिले अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको तर्क गरेका छन।

संघीय संसदमा गएकाे बुधबार राष्ट्रपति विद्या भण्डारीलेसरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु भएकोमा चर्को आलोचना भैरहेको छ ।प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भनिएकोमा विरोध गर्नेहरुले भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेर्न पनि पटक–पटक आग्रह गरे।

सोमबार सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेसबाट निर्वाचित भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भारतीय जनता पार्टीको सरकारलाई पनि पटक–पटक मेरो सरकार भन्ने गरेको दृष्टान्त पनि पेश गर्नुभयो ।प्रधानमन्त्री ओलीले राष्ट्रपति सर्वोच्च पद भएकाले सेना परिचालन गर्ने, संसदले पारित गरेको विधेयकलाई प्रमाणित गर्ने काम गर्ने गरेको पनि स्मरण गराउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार