राजनीति
प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा बदल्न सुझाव दिएका छन् । बैशाख २३ गते सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद थापाले सरकारको नारा समृद्ध दमक सुखी ओली राख्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीतर्फ इंगित गर्दै सांसद थापाले भने, आफ्नो निर्वाचन क्षेत्रमा बजेट माग गरेको प्रधानमन्त्री ज्युको लेटरप्याड मैले पढेँ, त्यसपछि मलाई भन्न मन लाग्यो, प्रधानमन्त्री ज्यु नारा ‘चेन्ज’ गर्नुु्, ‘समृद्ध दमक सुखी ओली’ राख्नुस् ।
सांसद थापाले सरकारले झुटो तथा कपोकल्पित नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको आरोप लगाए । उनले भने, ‘वर्तमान सरकारसँग न सपना छ, न चाहना ।’
नीति तथा कार्यक्रममा नीति तथा कार्यक्रम नै नभएको उनको दावी थियो । उनले कतै नीति भएको कार्यक्रम नभएको र कतै कार्यक्रम भएको नीति नभएको उल्लेख गरे ।
सरकारले आफ्नो पुँजीगत खर्च बढाउन नसकेको उल्लेख गर्दै उनले प्रश्न गरे, यस्तो अवस्थामा मुलुकमा रोजगारी कहाँबाट आउँछ ? वर्तमान राष्ट्रपतिलाई राजाको उपमा दिएको आरोप लगाउँदै उनले भने, ‘राष्ट्रपतिलाई राजाको रुपमा उभ्याईयो सरकारले प्रगती गर्यो ।’