राजनीति
काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्ने बताएका छन।
पं नारायणप्रसाद पोखरेल प्रतिष्ठानले आजदेखि सीतापाइलामा आयोजना गरेको ऐतिहासिक गीताज्ञान महाअनुष्ठानको उद्घाटन गर्दै प्रचन्डले देश र जनताका लागि जरुरी परेको खण्डमा आफूले बाँकी जीवन मुलुकको समृद्धि र शान्तिलाई सुदृढ गर्नका निम्ति खर्च गर्र्ने बताउँदै भन्नुभयो, “मैले जङ्गल जान्छु भनेर फेरि लडाइँ र हिंसामा जान्छु भनेको होइन, देश र जनताका लागि जरुरी प¥यो भने म सबै चिज त्याग गरेर हिँड्न तयार छु । फेरि पनि त्याग गर्न मलाई केही चाहिएको छैन, मलाई सम्पत्ति, घर, गाडी चाहिएको छैन मात्र भनेको हो ।”
पूर्वप्रधानमन्त्री दाहालले यहाँ धेरै चिन्तक, ठूलाठूला चिन्तन र दर्शन पैदा भएको बताउँदै पौराणिक कालमा महादेव, पार्वती, सीतालगायत महामानवले गरेको चिन्तन, तपस्या सिङ्गो मानव जातिका निम्ति प्रेरणाका रुपमा रहेको उल्लेख गर्नुभयो । मानव समाज आधुनिकतातर्फ जाँदै गर्दा दर्शनमा वैज्ञानिकता दिने गौतमबुद्धको जन्मस्थलका रुपमा नेपाल रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टले मान्दै आएको भौतिकवादी द्वन्द्ववादका प्रवत्र्तकका रुपमा गौतमबुद्धले जीवन र जगत्लाई आध्यात्मिक र भौतिक ढङ्गले हेर्ने कोशिश गरेको बताउनुभयो ।
पार्टी एकता बिवादको सुरुवात पनि हो, फेरी जङ्गल जान पनि सक्छु : प्रचण्ड
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै त्यागेर जङ्गल जान सक्ने बताएका छन् । कार्ल मार्क्सको २ सय १ औँ जन्मस्मृति कार्यक्रममा आयोजित ‘समृद्धि र समाजवाद : हामी कहाँ छौँ ?’ विषयक विमर्श कार्यक्रममा उनले यस्ताे बताएका हुन्
कार्यक्रममा बाेल्दै प्रचण्डले भने, ‘मैले जसरी भन्न खोजेँ । मेरा केही बुझाई । भावना अनुभवहरु सेयर गर्ने हिसाबले प्रस्तुत भएँ । र म के ठान्छु भने, फेरि एक पटक सम्पूर्ण चिज त्याग गरेर जङ्गल जान्छु भन्ने विश्वास छ । जरुरी परे ।’ उनले थपे, ‘मलाई गाह्राे लाग्दैन । कतिपयलाई के लाग्छ भने, यत्रो भइसक्यो के गर्ने ? कसरी सकिन्छ भने जस्तो पनि हुन्छ । मलाई चाहिँ साँच्चै हेर्नु होला, कमरेडहरु तपार्ईंहरुको साथ चाहिन्छ, साथ रहेन भने एक्लै जोगी बन्न त जान्न । जोगी भएर हुने कुरा त छैन । तपाईंहरु साथमा हुनुभयो भने एउटा ‘क्लाइमेक्स’मा पार्टी र आन्दोलनलाई लगेर मात्र माथि जाने विचार छ ।’
हामीले ग्रेट डिवेट सुरु गर्नैपर्छ । कहिलेकाहीँ मलाई लाग्छ, सम्पूर्ण कमरेडहरु यो महान डिबेटमार्फत, महान पार्टी बनाउने कुरा हो । महान आन्दोलन श्रृष्टि गर्ने, महान पार्टी बनाउने कुरा हो । तपाईं हामीले सकेनौँ भने मैले भनेको छु, वैचारिक रुपमा यतिबेला हामी ‘अफेन्सिभ’ ठाउँमा छौं । हामीले त्यो विचार र संस्कृति निर्माण गर्न सकेनौँ भने ५० औँ वर्ष दुनियाँमा अर्को विचार बनाउन सजिलो देखेको छैन ।
म अपिल गर्दछु, साच्चै एउटा ठुलै रणनीति, सपना बोकेर पार्टी एकता गरियाे । प्रधानमन्त्री बन्न पार्टी एकता गरिकाे होइन । यो सरकार कब्जा गर्न मात्र पार्टी एकता गरिएको होइन, एउटा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्नका लागि, एउटा बहसमार्फत विचारलाई परिमार्जन गर्नका निम्ति र समाजवादी आन्दोलनको नयाँ युगतिर लैजाने र नेपालबाट संसारभरिका श्रमजीवीहरुलाई सन्देश दिने गरी एकता गरिएको हो ।
पार्टी एकता महान चिज, राष्ट्रको, कम्युनिस्ट आन्दोलनको ऐतिहासिक आवश्यकता हो । समाजवादको आवश्यकता हो । तर पार्टी एकता भनेको चाहिँ फेरि बडो शान्ति, सुव्यवस्था, आरामसँग सबैलाई आनन्द हुन्छ र अगाडि बढ्न सकिन्छ भन्ने लागेको छ भने भ्रम हो । पार्टी एकता त महान विवादको सुरुवात पनि हो । महान संघर्षको सुरुवात पनि हो । महान बहसको सुरुवात पनि हो । सबैलाई त्यसैमा तम्तयार भएर एकतामा जाऔँ भनेको थिएँ । अहिले महान बहसमार्फत महान विचारको आविष्कार गर्ने, महान पार्टीको विकास गर्ने, महान संस्कृति निर्माण गर्ने, महान सामाजिक आर्थिक रुपान्तरण गर्नका निम्ति म अपिल गर्न चाहान्छु ।