राजनीति
पोखरा- संघीय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच घम्साघम्सी भएको छ।सभामुख कृष्णबहादुर महरा संसदको प्रमुख नभई प्रधानमन्त्रीको आदेशपालकको रुपमा प्रस्तुत भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
नीति तथा कार्यक्रममाथि उठेको समग्र प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि प्रतिप्रश्नको समय दिइएको थियो। उक्त अवधिमा सांसदहरुले प्रश्न राखेका थिए।
उक्त प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले शुरु मै आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता आफूले नगर्ने बताए। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि कांग्रेसले त्यसलाई असंसदीय भाषा भन्दै विरोध जनाएको थियो । तर कांग्रेसको विरोधलाई बेवास्ता गर्दै सभामुखले प्रधानमन्त्रीलाई जवाफलाई निरन्तरता दिन आग्रह गरेपछि संसदमा प्रधानमन्त्री र कांग्रेस सांसदहरुबीच सवाल जवाफ नै भएको थियो ।
कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि परेका ६ वटै संशोधन अस्वीकृत भएको छ।
कांग्रेसको नारावाजीकै बीच नीति तथा कार्यक्रम पारित भएको हो।आजको संसदमा संशोधन दर्ता कर्ता सांसदले फिर्ता लिने वा नलिने विषयमा जानकारी नगराउँदा समेत सभामुखले संशोधन निर्णयार्थ प्रस्तुत गरेका थिए।