logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राष्ट्रपति विद्यादेवि भण्डारी बेलायती महारानीभन्दा बढ्ता भइन्- सभापति शेरबहादुर देउवा


  • राजनिती न्युज डेस्क
  • बुधबार, बैशाख २५ २०७६

पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवि भण्डारी बेलायती महारानीभन्दा बढ्ता भएको आरोप लगाएका छन।
देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी बेलायती महारानीभन्दा बढ्ता भएको आरोप लगाउदै भने , ‘बेलायती महारानी भन्दा बढ्ता भइन्। गैर संसदीय भाषा प्रयोग गर्ने, सभामुखले आफ्नो भूमिका निर्वाह नगर्ने अवस्था आयो।’ कम्यनुष्टिले जिते यस्तो अवस्था आउँछ भनेर आफूले चुनावकै बेला भनेको अहिले सत्य सावित भएको उनले उल्लेख गरे।

अक्सर संवैधानिक राष्ट्रपतिबारे सार्वजनिक टिप्पणी नगर्ने देउवा सरकारको नीति तथा कार्यक्रमको विषयलाई लिएर राष्ट्रपति भण्डारीको व्यक्तिगत आलोचनामा उत्रेका हुन्।

पार्टीको पहिलो चरणको एक महिने जागरण अभियानको काठमाडौँमा शुभारम्भ गर्दै देउवा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पनि राष्ट्रपति भण्डारी र सभामुख महरापति आक्रोशित भएका हुन्।

वैशाख २० गते सरकारको तर्फबाट राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेको विषयलाई देउवाले फेरि उठाएका हुन्। उनले राष्ट्रपतिप्रति कटाक्ष गर्दै भने, ‘अस्ति मेरो सरकार भनिन्। अहिले यिनलाई बेलायती महारानी जस्तो किन बन्नुपर्‍यो? शासन व्यवस्था थाहा छैन कि क्या हो?’

देउवाले अघिल्लोपटक नीति कार्यक्रम प्रस्तुत गर्दा र अघिल्ला राष्ट्रपति रामवरण यादवले ‘मेरो सरकार’ नभनेको समेत उल्लेख गरे।

‘रामवरणले नीति कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेका थिएनन्, उनले पनि अघिल्लो पटक मेरो सरकार भनेकी थिइनन्,’ देउवाले आक्रोशित हुँदै भने, ‘पहिला राजाको पालामा हिज म्याजेस्टी गभर्मेन्ट भनेजस्तै अहिले हर म्याजेस्टी विद्या भण्डारी गभर्मेन्ट भन्नुपर्ने?’

इतिहासकै डरपोक र काँतर सभामुख कृष्ण बहादुर महरा – सभापति शेर बहादुर देउवा

इतिहासकै डरपोक र काँतर सभामुख कृष्ण बहादुर महरा भएको भन्दै नेपाली काङ्रेसका सभापति शेर बहादुर देउवाले आरोप लगाएका छन्।

‘हिमाल, पहाड,तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को देशभर एकसाथ बुधबार उद्‌घाटन गर्दै उनले भने, ‘नेपाली राजनीतिको इतिहासमा मैले यति डरपोक र काँतर सभामुख देखेकै छैन। हामीले गैर संसदीय अभ्‍यास भयो भन्दा उनी सरकारकै पक्षमा लागिरहे।’

देउवा उनीविरुद्ध मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजी र अवरोधका बीच पनि सभामुख महराले संसद चलाएर नीति तथा कायक्रम पारित गरेपछि खनिएका हुन् ।

सभापति देउवाले संसद जहिले पनि प्रतिपक्षी दलको भएको र सत्ता जहिले सरकारको हुँदै गरेकोमा यसपटक भने ठीक उल्टो भएको दाबी गरे। उनले भने, ‘संसदीय परम्परामा संसद भनेको प्रतिपक्षी र सत्ता भनेको सरकारको हुन्छ तर, यहाँ त उल्टो बाटो रोज्नुभो सभामुखले आफैँ डरले।’

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको महारानीभन्दा पनि बढ्ता भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको भ्यन्दै उनले सरकारको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै आएका थिए।

उनले भने, ‘पहिला राजाको पालामा हिज म्याजेस्टी गभर्मेन्ट भनेजस्तै अहिले राष्ट्रपति भण्डारीले हिज म्‍याजेस्टी विद्यादेवीज गभर्मेन्ट भनिरहेकी छिन्।’

कम्युनिष्टहरुले शासन सत्तामा आएपछि अधिनायकवाद लाद्छ भनेको जस्तै अहिलेको नेकपाको सरकारले हाकाहाकी त्यही लक्षण देखाइरहेको उनको भनाइ छ।

अधिकांश समय सरकारको नीति तथा कार्यक्रममा खर्चिएका सभापति देउवाले भने, ‘अब कम्‍युनिष्ट सरकारले हस्तक्षेप गर्नुपर्ने लक्षण देखाउन थालिसके।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार