logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पन्चेबाजा बजाएर प्रचण्डको बिबाह यि थिए बिशिस्ट जन्तिहरु


  • राजनीति
  • बिहिबार, बैशाख २६ २०७६

आज वैशाख २६ गते । नेकपाका अध्यक्ष प्रचण्ड तथा उनका धर्मपत्नी सीता पौडेलबीच विवाह भएको ठीक ५० वर्ष पुगेको छ । विवाहको सुनौलो वर्षगाँठको यो अवसरमा प्रचण्ड–सीता दम्पत्तिबीच माला लगाएर सिन्दुर हालेर विवाहको कार्यक्रम आज कार्यक्रम सम्पन्न गरेकाछ्न ।

प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।

विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार