राजनीति
पाल्पा । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मुक्ति गैरै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीको टोलीले गैरेलाई तानसेनको बसन्तपुरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।
सरकारले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सम्पूर्ण गतिबिधिमा प्रतिबन्ध लगाउने निर्णय गरे अनुरुप नियन्त्रणमा लिएको एसपी पोखरेलले बताए ।
पक्राउ परेका गैरे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सदस्य समेत हुन् ।
उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।