logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फायरिङ गरेर विप्लव निकट युवाका अध्यक्ष गिरफ्तार


  • राजनीति
  • शुक्रबार, बैशाख २७ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ परेका छन्।

रुकुम पश्चिम स्थित चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले  जानकारी दिएकाछन ।

पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।

क्रान्तिकारीका अध्यक्ष गैरे गिरफ्तार

पाल्पा । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मुक्ति गैरै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीको टोलीले गैरेलाई तानसेनको बसन्तपुरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

सरकारले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सम्पूर्ण गतिबिधिमा प्रतिबन्ध लगाउने निर्णय गरे अनुरुप नियन्त्रणमा लिएको एसपी पोखरेलले बताए ।

पक्राउ परेका गैरे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सदस्य समेत हुन् ।

उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार