राजनीति
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्रले एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसकेपछि स्टुडियोबाट बाहिरिएका छन् ।
आइतबार राति नौ बजे एभिन्यूज खबरको सकस राजनीति बहसमा सहभागी भएका उपप्रधानमन्त्री यादवले सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गरेका हुन् ।
भ्रष्टाचारको विषयमा मन्त्री यादवले जवाफ दिन आनाकानी गरेपछि प्रश्नकर्ता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए । तर उनी उल्टै प्रश्नकर्तामाथि खनिए ।
प्रश्न कर्ता पाण्डेले पटक–पटक जवाफ दिन आग्रह गर्दा पनि गैरजिम्मेवार बन्दै उनी स्टुडियोबाट बाहिरिए । सरकारका जिम्मेवार मन्त्री नै सञ्चार माध्यमको सामना गर्न नसकेर एकाएक स्टुडियोबाट बाहिरिनुले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रष्ट्याएको छ ।
वम राखेको सुचना दिने पत्रकार नै गिरफ्तार
बम राखेको सूचना सामाजिक सञ्जालमा राख्ने एक पत्रकार पक्राउ परेका छन् ।
कनकाई खोलाको पुलमा शंकास्पद बस्तु राखिएको सूचना सामाजिक सञ्जालमा राखेको भन्दै मोरङका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पुलमा शंकास्पद बस्तु फेला परेपछि बिहान केही समय पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको थियो ।
उर्लाबारी प्रहरी कार्यालयमा राखिएका पत्रकार श्रेष्ठसँग सोधपुछ भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस
संचार मन्त्रीको कार्यक्रम पत्रकारहरु द्धारा वहिष्कार
नुवाकोटमा नेपाल प्रेस युनियनले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ ।
नुवाकोट सदरमुकाम बिदुरस्थित आईतबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका हुन् ।
नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल संबन्धि बिधेयक दर्ता गरिएको र प्रेस बिरोधी गतिबिधिहरु नियन्त्रणमा संचारमन्त्री बास्कोटा पूर्ण उदासीन रहेकाले बिरोधस्वरुप मन्त्रीको कार्यक्रम बहिष्कार गरिएको प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीले बताएका छन ।
अधिकारीले मिडिया काउन्सिल बिधेयकको बिरोधमा पत्रकार महासंघले संचालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट संचालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको समेत बताए