logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेकपाका रुकुम पूर्वका जिल्ला इन्चार्ज ‘शिशिर’ पक्राउ


  • राजनीति
  • मंगलबार, बैशाख ३१ २०७६

रुकुम – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ मुलपानीबाट रुकुमका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमति खड्काले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा जिल्ला इन्चार्ज नकाललाई फेला पारेर पक्राउ गरिएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष सुरक्षा टोलिले उनलाई मंगलबार बिहान करिब २ बजे पक्राउ गरेको हो ।

डिएसपी खड्काले उनलाइ सार्वजनिक अपराध मुद्दा दर्ता गरिने बताएका छन् । पक्राउ परेका जिल्ला इन्चार्ज नकाल विरुद्ध गरेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए ।

केहि दिन अघि मात्र प्रहरीले नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा र अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रशान्त बोहरालाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ ।

जिल्लामा सुरक्षा चुनौती नरहेको बताएपनि पछिल्लो समय धमाधम ‘विप्लव’ नेकपाका नेताहरु पक्राउ पर्ने गरेका छन् । गाउँमा विभिन्न कार्यक्रम गरिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । युवा संगठनका अध्यक्ष शर्मालाई पक्राउ गर्दा प्रहरीले दुई राउन्ड हवाई फायर समेत गर्नु परेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार