logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

छोरी हिरासतमा, आमाको निधन विप्लव द्धारा समवेदना व्यक्त


  • राजनीति
  • बुधबार, जेष्ठ १ २०७६

प्रतिबन्धित नेकपा का केन्द्रीय सदस्य तथा महिला आन्दोलन का अग्रज अखिल नेपाल महिला संघ (क्रान्तिकारी )का केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई मातृशाेक परेकाे छ।

हिरासत जीवन बिताइरहेकि नेतृ चन्दलाई मातृशाेक परेकाे हाे । पार्टीको संगठन सुदृढ तथा बिस्तार अभियान २का क्रममा अछाम प्रहरीले नेतृ चन्दलाइ गिरफ्तार गरेकाे थियाे।

जिल्ला अदालत अछामले छाेडने आदेश दिएपनि उनलाइ पुन गिरफ्तार गरि गृह जिल्ला सल्यान ल्याइएको थियाे।उनी आफ्नो ममतामयी आमाकाे अन्तिम श्रद्धाञ्जली मा सहभागी हुन पाइनन्। हाल उनलाई जिल्ला प्रशासन कार्यालय सल्यानकाे प्रहरी हिरासतमा राखिएकाे छ।

यसै बिच नेकपा का महासचिव नेत्रबिक्रम चन्द विप्लवले शाेक बक्तब्य जारी गर्दै आफ्नाे पार्टीले क्षेति बेहाेर्नु परेकाे बताएका छन् । बक्तब्यमा भनिएकाे छ “हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा महिला संगठनका केन्द्रीय अध्यक्ष बन्धु चन्दकि ममतामयी आमा ७३बर्षिया मनकुमारी शाहकाे बैसाख २७गते उपचारको क्रममा निधन भएकाे खबरले स्तब्ध बनाएकाे छ यश दुखद घडीमा आमाप्रति सिंगाे पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली ”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार