logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गृहमन्त्री थापा र अमेरिकी मन्त्री रेन्जबीच भेटवार्ता, केके भयो छलफल ?


  • राजनीति
  • बुधबार, जेष्ठ १ २०७६

पोखरा- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेन्जबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यमा केन्द्रित रहेर छलफल भएको बताइएको छ।

केही महिनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाईमा पुर्‍याउन भूमिका खेलेको चर्चा गरेका गृहमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार