logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेता सगको नातालाइ हेरेर पार्टीले म माथी अन्याय गर्यो : रन्जित तामाङ


  • पत्रपत्रिका
  • शुक्रबार, जेष्ठ ३ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपछि विद्यार्थी संगठनको सह संयोजकको जिम्मेवारी पाएका रञ्जित तामाङले आफूमाथि अन्याय भएको बताएका छन् । माओवादी निकट तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले विधि, पद्दती र नियम मिचेर एकता गरिएको भन्दै आपत्ति जनाए ।

पहिलो पटक निर्वाचनबाट अखिल क्रान्तिकारी अध्यक्ष भएको उल्लेख गर्दै तामाङले एकतामा न्याय हुन नसकेको बताए । ‘विद्यार्थी एकता गर्दा योग्यता क्षमतालाई नेतृत्वले पटक्कै ध्यान दिएन,’ तामाङले भने, ‘पार्टी नेतासँगको सम्बन्धलाई आधार बनाएर जिम्मेवारी तोकियो ।’

आफूमाथि भएको अन्यायले विद्यार्थी संगठनलाई मात्र नभई सिंगो पार्टीलाई राम्रो नगर्ने तामाङले बताए ।

२२ जनवर्गीय संगठनको एकीकरण टुङ्ग्याए

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २२ जनवर्गीय संगठनको एकीकरण टुङ्ग्याएको घोषणा गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले २३ जनसंगठनमध्ये २२ संगठनको भागबन्डा टुङ्ग्याउदै घोषणा गरेको हो । एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सह–संयोजक बनाइएको छ ।

शुक्रबार मदन–आश्रित स्मृति दिवसका अवसरमा तत्कालीन एमाले कार्यालय बल्खुमा आयोजना भएको श्रद्धाञ्जली कार्यक्रममा महासचिव विष्णु पौडेलले सबै जनसंगठनको नेतृत्वको नामावली सार्वजनिक गरेका हुन् ।

नाम, सदस्य संख्या संयोजक र सहसंयोजक

–नेपाल मुस्लिम संगठन, २५१, संयोजक सराहज अहमद, सहसंयोजक अटहर हुसेन

–प्रेस संगठन नेपाल, १५१ संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत

–अपाङगता संगठन नेपाल, ६९ संयोजक इन्द्रमाया गुरुङ, सहसंयोजक रामप्रसाद ढुङ्गाना

–खेलकुद महासंघ, नेपाल संयोजक पुरुपोतमा पौडेल, सहसंयोजक शिव कोइराला

६.नेपाल दलित मुक्ति संगठन २५१ संयोजक तिलक परियार, सहसंयोजक वोम ब. विश्वकर्मा

–जनसांस्कृतिक महासंघ नेपाल २५१ संयोजक खगेन्द्र राई, सहसंयोजक सूर्य पौडेल

–नेपाल उदोग व्यवसायी महासंघ, १५१ संयोजक लक्ष्मीदास मानन्धर, सहसंयोजक श्याम पाठक

–नेपाल बुद्धिविजबी संगठन, १६१ संयोजक दिनेशचन्द्र देवकोटा, सहसंयोजक कृष्ण केसी

– मानवअधिकार तथा समाजिक अभियान ४५, संयोजक मिनबहादुर शाही, सहसंयोजक भुपेन पोखरेल

–पेशागत महासंघ, १११ संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक दयाराम बस्याल

–भुमिहीन सुकुम्वासी संगठन, ९९, संयोजक रामप्रित पासवान, सहसंयोजक पदम देवकोटा

–अनेरास्ववियु २५१, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ

–युवासंघ २५१ संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेल

–आदिवासी जनजाती महासंघ, २५१ संयोजक सुरेश आलेमगर, सहसंयोजक शेरबहादुर तामाङ

–भुतपुर्व सैनिक तथा प्रहरी संगटन २५१ संयोजक धनबहादुर चन्द, सहसंयोजक जीवन बुढा

–टे«ड युनयिन महासंघ २५१ संयोजक विनोद श्रेष्ट, जगत सिंखडा

–अखिल नेपाल महिला संघ २५१ संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल

–अखिल नेपाल किसान महासंघ २५१ संयोजक बामवेद गौतम, सहसंयोजक चित्र बहादुर श्रेष्ठ

–प्रवासी नेपाली एकता मञ्च भारत १९९ संयोजक लोकनाथ भण्डारी, सहसंयोजक ईश्वरी भण्डारी

यसअघि तीन महत्वपुर्ण संगठन एकता भैसकेको छ ।

यसअघि नेपाल कानुन व्यवसायी, निर्माण व्यवसायी र इन्जिनियर हरुको संगठन सार्वजनिक भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार