राजनीति
अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष एवम सत्तारूढ दल नेकपाका युवा नेता रमेश मल्लले आफ्नो पार्टीको जवसको जिम्मेवारी बिन्यासलाइ लिएर असन्तुष्टि जनाएका छन । सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले पार्टी नेतृत्वको कार्यशैलीलाइ घुमारो तरिकाले आलोचना गरेकाछ्न । मल्लले यदि नेताहरुले अहंकार नत्याग्ने हो भने ठुलो दुर्घटना हुन सक्ने संकेत समेत गरेकाछन।
मल्लले नेतृत्वलाई सुझाव भन्दै लेखेका छन्, ‘पाइलापिच्छे फरक मापदण्ड निर्माण गरेर कार्यकर्ताको हुर्मत लिने काम नगरियोस् । विश्वासको धरातल कमजोर भयो भने अहंकारको पर्खाल गर्ल्याम गुर्लुम ढल्न कुनै आइतबार कुर्नु पर्दैन ।’
नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो । महर तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव थिए हुन् भने एमाले सम्बद्ध अनेरास्ववियुकी अध्यक्ष नविना लामा हुन् ।
तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा महरलाई संयोजक बनाइएको छ । यसलाई लिएर अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले असन्तुष्टि जनाएका छन् ।
विचित्रको एकता भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियूमा एकैचोटी महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नं. २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’
अनेरास्ववियु अध्यक्ष नविना लामा समानुपातिक कोटाबाट सांसद बनेपछि आचार्य कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । उनले एकतापछि विद्यार्थीको नेतृत्वमा दावी गर्दै आएका थिए ।
यो पढ्नुहोस
समयले मजाक गर्दोरहेछ : रञ्जित तामाङ
अनेरास्ववियू’को सहसंयोजक तोकिएका रञ्जित तामाङ पनि सन्तुष्ट छैनन् ।
तत्कालीन माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष रहेका उनी नेतृत्वको दावेदार थिए । अनेरास्ववियूका महासचिव महरलाई संयोजक दिएर आफूलाई सहसंयोजक बनाएकोमा असन्तुष्ट तामाङ भने, ‘यो मेरो अपमान हो, नविना लामा संयोजक भएको भए म सहसंयोजक बन्थें । तर, महासचिवको मुनि बस्ने कुरा हुँदैन ।’
आफ्नो अपमान भएको भन्दै तामाङ राजीनामा दिने तयारीमा छन् ।
‘कार्यकर्ताको हुर्मत लिने काम नगरियोस्’
नेकपाले अन्य जनवर्गीय संगठनहरुको संयोजक पहिले अध्यक्ष जो थियो उसैलाई तोकेको छ । तर महासचिवलाई एकैपटक संयोजकको जिम्मेवारी दिइएको विद्यार्थी संगठनमा मात्र हो ।
त्यसैले तत्कालीन अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसरी जिम्मेवारी तोकिनुलाई विधि विपरित भनेर टिप्पणी गरेका छन् ।
बस्नेतले फेसबुकमा लेखेका छन्, ‘एकापट्टीको निर्वाचित अध्यक्षलाई अर्कापट्टीको अध्यक्ष मुनि मात्र हैन, उपाध्यक्ष मुनिसमेत पनि हैन, महासचिवभन्दा मुनि राखेर विधि भनिन्छ भने त्यो अरुअरु कुरा होला, कमसेकम विधि चाहिँ हैन ।’
यदि रञ्जित तामाङ महरको नेतृत्वमा बस्न तयार नभएकाले बस्नेत सहसंयोजक बन्ने लगभग पक्का जस्तै छ ।
रञ्जितलाइ ओलिको अर्ती : चित्त फराकिलो पारौं
सत्तारुढ दल नेकपाका अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ प्रकरणमा बुद्धिजीवीहरूले ‘स्याल हुइँया’ मचाएको आरोप लगाएका छन् ।
शुक्रवार राजधानीमा आयोजित मदनआश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा केही कमजोरी नभेटिएपछि ‘मेरो सरकार’ भन्यो भन्दै हिँडेको आरोप लगाएका हुन् ।
‘मेरो सरकार होइन भने कसको सरकार हो त ?’ ओलीले प्रश्न गरे, ‘राष्ट्रपतिले अर्कै सरकारको प्रतिवेदन पढ्ने हो र ? संसारभरि के गरिन्छ ? राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन पढ्छ । कुवाबाट आकाश जत्रो देखिन्छ त्यत्रो छ भन्नु हुँदैन । अरू संसारभरको अभ्यास हेरे हुन्छ ।’
जनवर्गीय संगठन एकीकरणमा असन्तुष्टि जनाएकाहरूलाई प्रधानमन्त्री ओलीले चित्त सानो नपार्न सुझाव दिएका छन् ।
‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन,’ ओलीले भने, ‘यतिबेला फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई आत्मसाथ गर्ने हो । २ वटा पार्टीलाई एक बनाएका छौं र नछुट्टिने गरी अन्तर्घुलन गर्दैछौं । अरू साथीहरू क्रमशः समेटिँदै जानुहुनेछ ।’
विद्यार्थी संयोजकको जिम्मेवारी नदिएकामा तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ असन्तुष्ट बनेका छन् ।
अखिल महासचिव ऐन महरलाई संयोजक बनाइएपछि तामाङ नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । नेकपा सचिवालयले महरलाई संयोजक र तामाङले चाहेमा उनलाई सह–संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
यद्यपि तामाङले आफूमाथि अन्याय भएकाले सह–संयोजककोजिम्मेवारी स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय सोचेर लिने काठमाण्डुटुडेलाई बताए । उनले एकता गर्दा विधि, प्रक्रिया र पद्दति मिचिएको उल्लेख गरे ।
अरु जनवर्गीय संगठनमा हाल अध्यक्ष रहेकालाई संयोजक र सह–संयोजक बनाइए पनि अखिलमा भने महासचिवलाई संयोजक तोकिएपछि विवाद देखिएको छ । महरभन्दा तामाङ विद्यार्थी राजनीतिमा सिनियर हुन् ।
तामाङले वरिष्ठता, योग्यता र क्षमतालाई उपेक्षा गरेर पार्टी नेतृत्वले निर्णय लिएको आरोप लगाए । ‘विधि, प्रक्रिया र पद्दतिविपरीत निर्णय गरियो’, तामाङले भने, ‘एकतामा ममाथि अन्याय भएको छ ।’