logo बुधबार, कार्तिक २६ २०८३ | Wednesday 11th November 2026

गोप्य लिखित बुझाएर दिपशिखा युवाको अध्यक्ष भएको खुलासा


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३ २०७६

सत्तारूढ दल नेकपा काे एकता प्रकृया निकै अन्याैलताका बिच सापेक्षिक हिसाबले टुंगिएको देखिएकाे छ । खासगरी जनबर्गिय संगठनहरुकाे एकता र पार्टी पाेलिटब्युराे काे बिषयले निकै समय लियाे ।

यसैबिच हिजाे मात्रै टुंगिएको भनिएको जनबर्गिय संगठनहरुकाे एकता निकै बिबादित बनेकाे छ । सबैभन्दा शक्तिशाली मानिएका युवा तथा बिधार्थी संगठन काे एकताा छताछुल्ल भएकाे छ ।

युवा संघ नेपालकाे संयाेजक पाएका दिपशिखाले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपि ओलीसंग उनका बिरुद्ध नबाेल्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाइ संयाेजक बनाउन केपि ओली राजी भएकाे स्राेतले बताएकाेे छ ।

नेकपाका प्रभावशाली संगठन मानिएका युवा संघ र अनेरास्ववियुको नेतृत्व चयनका सन्दर्भमा नेताहरुबीच लामै छलफल चलेको थियो । स्रोतका अनुसार युवा संघ नेपालको अध्यक्षमा प्रस्तावित तत्कालिन वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाबारे अध्यक्ष तथा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएपछि बैठक लम्बिएको थियो ।

नेताहरु विवादकै बिचमा निस्किएपछि अर्का अध्यक्ष प्रचण्डले दिपशिखालाई बालुवाटारमै बोलाएर ओलीसमक्ष प्रष्ट पार्न लगाएको स्रोतले जनाएको छ । उनले सामाजिक सञ्जालमा सरकारको नेतृत्वको आलोचना गरेको र ओलीप्रति नकारात्मक रहेको सन्दर्भमा दुवै अध्यक्षको उपस्थितिमा कतिपय कमजोरी विगतमा भएको भन्दै आत्मालोचना गरेको स्रोतको दावी छ ।

दुवै अध्यक्षको उपस्थितिमा सापकोटाले लिखित रुपमै भविष्यमा पार्टी र नेतृत्वको विपक्षमा सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने प्रतिबद्धता जनाएपछि युवा संघको नेतृत्व पाएको बताइएको छ ।

यसैबिच सहसंयाेजक बनाइएका बिधार्थी नेता रन्जित तामाङले आफ्नाे अपमान भएकाे भन्दै राजिनामा दिने संकेत गरिसकेका छन् । यसरी शक्तिशाली संगठन मा रचनात्मक बन्नुकाे साटाे नेताहरुकाे चाकडी गर्ने लिखितम गरेर अध्यक्ष बनेका दिपशिखाकाे आगामी यात्रा कस्ताे हाेला त्याे हेर्न बाकि छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार