राजनीति
पोखरा- मौसममा खराबी आएपछि प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टरलाई चितवनकाे भरतपुरमा आकस्मिक अवतरण गरिएको थियो ।
प्रधानमन्त्री ओली, पत्नि राधिका शाक्य, नेकपाका महासचिव विष्णु पौडेलसहितका नेताहरु सवार हेलिकप्टरलाई चितवनस्थित सैनिक ब्याकेरमा अवतरण गरेका थिए।
लुम्बिनी हिँडेका प्रधानमन्त्री करिब आधा घण्टा भरतपुरमा रोकिएका थिए। सो क्रममा उनीहरुले मेयर रेणु दाहालसहित अन्यसँग भेट गरेका थिए।
आधा घण्टा ब्यारेकमा प्रधानमन्त्री विताएर मौसममा सुधार आएपछि लुम्बिनीतर्फ लागेका थिए ।
प्रधानमन्त्रीसँग भरतपुरमा आकस्मिक रुपमा भेट भएको भन्दै महानगर प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेकी छन्।