logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नरैनापुर घटना : भारतिय ठाडाे हस्तक्षेप प्रहरी चाैकि घेराउ


  • पत्रपत्रिका
  • आइतबार, जेष्ठ ५ २०७६

नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला पर्यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

यो घटना शुक्रबार साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही स्थानीयले विश्वकर्मा निर्दोष रहेको भन्दै प्रदर्शन शुरु गरे । सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो ।

साँझ ६ बजेतिर प्रदेश सांसद कृष्णा केसी विकास निर्माणको अनुगमन गरेर फर्किने क्रममा नरैनापुरमा आइपुगेका थिए । प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका भारतीय र नेपालीले उनलाई घेरे । अहिले नै प्रहरी चौकी गएर विश्वकर्मालाई छुटाइदिन दबाबमूलक अनुरोध गरे । ‘के रहेछ भनेर बुझ्न’ उनी प्रहरीचौकी गए ।

चरेशसहित पक्राउ परेका व्यक्तिलाई सांसदको भनसुनमा छोड्ने कुरै भएन । सांसद केसीले पनि छोडिदेऊ भन्ने कुरै भएन । निर्दोष छ भने प्रहरीले छोडिहाल्छ भनेर सांसद नेपालगञ्ज फर्किन गाडीमा चढे । धेरै भारतीय र केही नेपालीले उहाँलाई घेरे । विश्वकर्मालाई नछोडेसम्म जान नदिने धम्की दिन थाले । गाडीको हावा फुस्काइदिए । पेट्रोल छर्केर आगो लगाउने सुरसार कसे। नेपाल समाचार पत्रमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार