logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रेस विरोधी विधेयक मान भन्दै नेकपाले डाँके धुम्बाराहीमा आफु निकट पत्रकार”विधेयक फिर्ता नहुने अडान”


  • राजनीति
  • आइतबार, जेष्ठ ५ २०७६

पोखरा- सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलनरत छ । तर, महासंघको आन्दोलनलाई मथ्थर बनाउने उद्देश्यले नेकपाका नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउने प्रक्रिया सुरु गरेका छन् ।

यसैक्रममा आइतबार बिहानै नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा निकट पत्रकार संगठनका नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।छलफलमा पत्रकार फाँट हेर्ने नेता र प्रचार विभागका नेताहहरुका साथै सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटासमेत सहभागी थिए । छलफलमा पार्टीका तर्फबाट दलका उपनेता सुवासचन्द्र्र नेम्वाङका साथै पम्फा भुसाल र योगेश भट्टराई सहभागी थिए ।

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएको भन्दै पात्रकार हरु आन्दोलित छन।छलफलमा सहभागी मन्त्री बास्कोटाले विधेयक फिर्ता नहुने अडान राखेको भेलामा सहभागी एक पत्रकारले बताएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार