राजनीति
सत्तारुढ दल नेकपा निकटको बिद्यार्थी संगठन अनेरास्ववियुकी निवर्तमान अध्यक्ष एवम् सांसद नवीना लामाले जनवर्गीय संगठनको एकता प्रक्रिया अनुसार नै भएको तर्फ संकेत गर्नुभएको छ । विधि र प्रक्रिया नमिलेको भन्दै विद्यार्थीबीच असन्तुष्टि चुलिएका बेला सांसद लामाले स्वभाविक प्रक्रियालाई आत्मसात गर्नुपर्ने बताउनुभयो । बृहत्त संगठनमा अध्यक्ष बन्न धेरैजना लायक र सक्षम भएको भन्दै उहाँले पार्टीको निर्णयलाई आत्मसात गर्दै नहतारिन विद्यार्थी नेतालाई आग्रह गर्नुभयो ।
एक प्रसंगमा सांसद लामाले लामो समय विद्यार्थी संगठनमा रहेको काम गरेको भएपनि नयाँ एकिकृत नेतृत्व आउँदा आफूलाई नसोधिएको प्रति दुःख व्यक्त गर्नुभयो । लामाले भन्नुभयो, ‘माउ पार्टीले विचार र मेरो भावना बुझेरै निर्णय लिएको हुनुपर्छ, म सांसद भएपछि विद्यार्थी संगठनमा बस्ने थिएन । तैपनि एक कल फोन गरिदिएको भए राम्रो हुन्थ्यो ।’ सांसद लामाले आगामी दिनमा पार्टीले यस्ता गल्ति नदोहो¥याउन समेत आग्रह गर्नुभयो ।
जनता टेलिभिजनसँग कुरा गर्दै उहाँले सांसद भएपछि सिंगो राष्ट्र, महिला, बालबालिकाको बिषयमा चिन्तित हुनुपर्ने भन्दै युवा नेतृत्वले केही गर्नुपर्छ भन्ने भावना पलाएको बताउनुभयो । महिलाका समस्या केही मात्रामा अझै उस्तै रहेको बताउँदै उहाँले विद्यार्थी संगठनमा जस्तै पार्टीमा जिम्मेवार भए