राजनीति
नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धका नेता बालकृष्ण ढुंगेल पक्राउ परेकोमा घोर आपत्ति जनाउदै आज बिरोध प्रदर्शन गरेकोछ। अहिले ३ बजे शान्तिबाटीकामा जबस मोर्चाको आयोजनामा बिरोध र्याली सहितको कार्यक्रम गरेको हो । जसको नेतृत्व नेकपाका पोलिट्ब्युरो सदस्य जिवन्तले गरेका थिए ।

यहि १४ गते गिरफ्तार गरि जेल चलान गरिएको प्रती खेद प्रकट गर्दै सरकारको यो कार्य अनैतिक र शान्ति प्रक्रियाको खिलापमा भएको भन्दै आक्रोश व्यक्त गरेकोछ ।