logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सत्तारुढ नेकपा एकमनावादी धङधङीबाट ग्रसित- डा. बाबुराम भट्टराई


  • राजनिती न्युज डेस्क
  • सोमबार, जेष्ठ ६ २०७६

समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकमनावादी धङधङीबाट ग्रसित रहेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत विरोध गरेका हुन।

सत्ताधारी दलका नेताहको मानसिकता स्टालिन÷पोलपोटको एकमनावादी धङधङीबाट ग्रसित रहेको भन्दै यही सोचाइ नै कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउने कारण भएको बताएका छन्। उनले सत्तारुढ दलका नेताहरुको समस्या एकतिर र छलफल अर्कातिर भइरहेको भन्दै बहसलाई सही ठाउँमा ल्याउनुपर्ने बताएका छन्।

‘मिडिया काउन्सिल, मानव अधिकार आयोग, सुरक्षा परिषद लगायतका विधेयकहरूलाई एकै ठाउँमा राखेर हेर्ने हो भने सत्ताधारी कमरेडहरूको मानसिकता स्टालिन÷पोलपोटको एकमनावादी धङधङीबाट अझै ग्रसित देखिन्छ’, सोमबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘यस्तै सोचले विश्व कम्युनिस्ट आन्दोलन ध्वस्त भएको हैन र? अनि केको जबज र एशज? बहस त्यता गर्ने कि?’

सरकारले ल्याएको मिडिया काउन्सिल, मानव अधिकार आयोग, सुरक्षा परिषद् लगायतका विधेयकहरुमा एकमनावादी धङधङी देखिएको आरोप लगाएका हुन्।

मिडिया काउन्सिल विधेयक र मनव अधिकार आयोग सम्बन्धि विधेयकलाई लिएर चौतर्फी रुपमा सरकारको विरोध भइरहेको बेला उअन्ले यसओ भनेका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार