राजनीति
उम्मेदवार हुने आकांक्षा देखाएका दलका नेताहरुले उम्मेदवारी नपाएपछि अन्तिममा बागी उम्मेदवारी दिएका छन् । यस्तो उम्मेदवारीको सामना कांग्रेसदेखि एमालेका वरिष्ठ नेतासम्मले सामना गरेका छन् ।
नयाँ पत्रिका दैनिकका अनुसार, तनहुँ १ मा रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले उम्मेदवारी दिएका छन् भने काठमाडौं २ मा माधव नेपालविरुद्ध एमाले काठमाडौं जिल्ला कमिटी सदस्य एलपी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । महोत्तरीमा महन्थ ठाकुरविरुद्ध पार्टीकै निवर्तमान सांसद् चन्द्रेश्वर झाले उम्मेदवारी दिएका छन् भने सप्तरी २ मा उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुर बागी बनेर खडा भएका छन् ।