logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कांग्रेस नेता कम्युनिस्ट सांसदको कफी शपमा नबिना लामाले गरिन यसरी स्वागत…


  • राजनीति
  • बुधबार, जेष्ठ ८ २०७६

संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेकपाकी सांसद एवं अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामाले सञ्चालन गरेको कफी शपमा पुगेका छन्।

लाैह पुरूष गणेश मान सिंहका छाेरा एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमानले नबिना फरक पार्टीको युवा नेतृ भए पनि उनले सञ्चालन गरेको रिमठिम रेस्टुरेन्ट एण्ड कफी शपमा पुगेर व्यवसायिक सफलताको शुभकामना दिएका हुन्। प्रकाशमानलाई नबिनाले स्वागत गरेकी थिइन्।

सिंहका प्रेस सहयोगी युपी लामिछानेका अनुसार राजनीतिमा जस्तै व्यवसायमा पनि सफल हुन नबिनालाई शुभकामना दिएका थिए।

नबिनाले युवाहरुसँग मिलेर मीनभवनस्थित संसद भवन अगाडि रिमठिम रेस्टुरेन्ट एण्ड कफी शप सञ्चालनमा ल्याएकी छिन्। यो रेस्टुरेन्ट पछिल्लो समय राजनीतिक नेता कार्यकर्ताको थलो बनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार