राजनीति
दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपारह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले स्यालुट ठोके । हात उठाएर प्रहरी हाकिमकै शैलीमा स्यालुट फिर्ता गर्दै उच्च अधिकारीसँग हात मिलाए ।
निर्वाचन कार्यालयको मूल गेटबाट भित्र छिर्नेबित्तिकै उनलाई अन्य प्रहरीले पनि स्यालुट ठोके तर उनले हात उठाएर अभिवादन गर्दै व्यंग्यात्मक शैलीमा भने, ‘मसँग हात मिलाउँदा फेरि सुरुवा होला नि ।
प्रहरी प्रमुख हुन अदालतको ढोका ढक्ढकाउँदा सफल नभएपछि राजीनामा दिएर नेकपा एमालेको सक्रिय राजनीतिमा होमिएका सिलवालले ललितपुर–१ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनको प्रतिष्पर्धा कांग्रेसका युवा नेता तथा अर्थराज्मन्त्री उदयशमशेर जबरासँग हुँदै छ ।