logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका ८ केन्द्रीय कमान्डर, जेल र हिरासतको मोर्चामा छन


  • अखिल बिश्वकर्मा
  • बिहिबार, जेष्ठ ९ २०७६

सरकारले नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी र उसका गतिविधिमाथि प्रबिन्ध लगाउने गत फागुन २८ मा निर्णय गरेयता आजसम्म नेपाल कम्युनिस्ट पार्टी का १ स्थायी सदस्य २ पाेलिटब्युराे सदस्य र ५ केन्द्रीय नेताहरुलाई प्रहरीले गिरफ्तार गरी  विभिन्न अभियोगमा विभिन्न जिल्लामा प्रहरी हिरासतमा राख्दै आएको छ ।

ज्यान मार्ने उद्योग, विष्फोट, कर्तव्य जयन, हातहतियार तथा खरखजाना, संगठित अपराध, आगजनीलगायत कसुरसम्बन्धी अभियोग लगाएका छन् । केही नेतालाई भने जेलमा समेत पठाइसकिएको छ । बाँकीलाई म्याद थप गर्दै अनुसन्धानका क्रममा हिरासतमा राख्दै आइरहेको छ ।

नेकपाले वर्तमान राज्यप्रणालीलाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको संज्ञा दिँदै सामाजिक फाशिवाद का बिरुद्ध त्यसको साटो जनताको आफ्नै शासन वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्घोषका साथ संविधानलाई अस्वीकार गरी एकीकृत जनक्रान्ति काे अभियानमा रहेकाे दावी गरेकाे छ  । तर सरकारले अहिलेकै संविधान मानेर जानुपर्ने जिकिर गर्दै नेकपालाई शान्तिपूर्ण राजनीतिक गतिविधि समेत गर्न रोक लाई दमन, निगरानी, गिरफ्तार र गोली समेत हान्ने काम गरिरहेको छ । बलिदान दिन तयार र सरकारी दमनको प्रतिवाद गरेर पार्टीको उद्देश्य पूरा गरेरै छाड्ने अडान नेकपा ले चेतावनी दिइसकेकाे छ । प्रचण्ड–बादललाई जनयुद्धको उद्देश्य र लक्ष्यलाई धोका दिएर फोहोरी संसदीय खेलमा डुब्न पुगेको भनाई उसको छ ।

प्रतिबन्ध पश्यात दमनमा उत्रिएको राज्यले विभिन्न ठाउमा मुडभेट भन्दै नेकपाका नेताकार्यकर्ता माथि गाेलि हानेका खबरहरुका माझ हिजाे मात्रै भाेजपुर जिल्लाका नेता तिर्थ घिमिरेलाइ मुडभेट काे नाममा गाेलि हानियाे र उनकाे मृत्यु भयाे ।

हेमन्त वलि सुदर्शन

गत चैत्र ८ गते शुक्रबार राति काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट ने.क.पा.का स्थायी समिति सदस्य हाल त्रिवेणी गाउँपालिका–६ रुकुमका वर्ष ५२ का हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई स्कार्पियो गाडीसहित प्रहरीले बिहान ४ बजे गिरप्m्तार गर्यो । उनका साथ केन्द्रीय सदस्य विजय श्रेष्ठ ‘प्रज्वलन’सहित ९ जना नेता कार्यकर्ता गिरफ्तार भए । त्यसबेला रौतहट जिल्ला ईन्चार्ज शंकर अधिकारी, जिल्ला नेताहरु रामकृष्ण खतिवडा, ललित तामाङ, धर्मराज राजवाहक, देव घिमिरे, लोकेन्द्र खडका र सञ्जिव कार्की गिरफ्तार भए । उनीहरु सबैलाई अहिले पनि राज्यलाई ७२ अर्ब रुपैयाँ लाभकर छलेर गम्भीर घात गरिरहेको आरोप खेपिरहेको नीजि क्षेत्रका मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको ललितपुरको अख्खुस्थित केन्द्रीय कार्यालय परिसरमा गत फागुन १० गतेका दिन बम विष्फोट भएको घटनासँग जोडेर संगठित अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान चलाउँदै मुद्दा चलाइयो । त्यसमा ९ जनामध्ये सुदर्शनसहित ४ र त्यसअघि गिरफ्तार भएका २ गरी ६ जनालाई पुर्पक्षका लागि भन्दै ललितपुर जिल्ला अदालतले नख्खु जेल चलान गरिसकेको छ । ६ जनामा काठमाडौंबाट चैत्र ६ गते गिरफ्तार भएका डिकेन्द्र राई र काभ्रेकै डाँडापारिबाट गिरफ्तार भएका झापाका शिव धिमाल पनि छन्

चैत्र ६ गते काठमाडौंबाट गिरफ्तार भएका दाङ नुमबहादुर विक र चैत्र ७ गते काभ्रेको डाँडापारिबाट गिरफ्तार भएका विशाल तामाङलाई भने हिरासतमै राखिएको छ ।
सुदर्शन गिरफ्तार परेकामध्ये अहिलेसम्मकै सबैभन्दा उच्च तहका नेता हुन् । उनी पार्टीको चार वटा भूगोल क्षेत्रीय कमाण्डमध्ये मध्यकेन्द्रीय कमाण्डका ईन्चार्ज समेत हुन् । पार्टीमा मालेमा दर्जनको व्याख्यता मानिन्छन् । यस कमाण्डअन्तर्गत पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र नारायणी पर्दछ ।

माेहन कार्की जिवन्त

सरकारले प्रतिबन्ध घोषणा गरेपछिको निर्णयको पहिलो निशानामा ने.क.पा.का पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज हाल निलकण्ठ गाउँपालिका–३ धादिङका वर्ष ५९ का मोहनबहादुर कार्की ‘जीवन्त’ परे । उनलाई उक्त निर्णयको चौथो दिन अर्थात चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तार गरिएकाे थियाे । महानगरीय प्रहरी काठमाडौं परिसर टेकुको हिरासतमा राखी उनीमाथि राज्यविप्लव गर्न खोजेको अभियोगमा राजद्रोहको मुद्दा लगाइयो । संगठित अपराधको पनि मुद्दा चलाइयो । तर चैत्र २४ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता जीवन्तमाथि लगाइएको अभियोग पुष्टि नभएको भन्दै तत्काल रिहा गर्न सरकारको नाममा आदेश दियो । आदेशपछि रिहा त गर्यो तर अदालत गेटबाटै प्रहरीले पुनः गिरफ्तार गरी संखुवासभा लगियो । त्यहाँ उनीमाथि ‘मुलुकी फौजदारी कार्यविधि (संहिता), २०७४ को रिच्छेद ३ को दफा ३२ अन्तर्गत कसुरमा मुद्दा चलाउने काम भयो । बम विष्फोट तथा संगठित अपराधलगायतको कसुरमा मुद्दा चलाइएको छ ।
सुगर र किड्नीका बिरामी जीवन्तलाई स्वास्थ्य परीक्षणको कुरै छाडौं, औषधी सेवनमा समेत पटकपटक बाधा पुर्याउने काम भएको परिवारस्रोतले जनाएको छ । हिरासतमा राखिएका बन्दीमाथि राज्यबाट गरिएको बाधा फुकाउन नेपाल बार एसोसिएसन, राष्ट्रिय मानवअधिकार आयोगसमेत लागिपर्नुपर्ने परिस्थिति देखा पर्यो पारिवारीक श्राेत भन्छ, अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेपनि कुनबेला के हुने हो ? यसै भन्न सकिने अवस्था छैन ।

त्यसपछि उनलाइ अर्को संगठित अपराध तथा विष्फोट र राजद्रोहको अभियोगमा काठमाडौंको कमलपोखरी प्रहरी वृत्तको हिरासतमा बन्दी बनाइ मुद्दा चलाइयाे । त्यसमा काठमाडाैं जिल्ला अदालतले बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाइ अादेश दियाे । तर उनलाइ अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइयाे । हाल सुनसरीकाे धरानस्थित प्रहरी हिरासतमा राखिएकाे छ । त्यहाँ उनीमाथि साविक जस्तै संगठित अपराध तथा विष्फोट, राजद्रोह र हातहितयार तथा खरखजना कसुरमा मद्दा चलाइएकाे छ । धरानमा बन्दी, जीवन बिताइरहेका छन् ।

पछिल्लाे पटककाे गिरप्तारयता काठमाडाैं, संखुवासभा, काठमाडाैं र सुनसरी गरी चार चारपटक मुद्दा चलाइसकिएकाे छ । संगठित अपराधको अभियोगमा जोकसैलाई अनुसन्धानका लागि भन्दै ६० दिनसम्म हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ

भरत बम ‘रणवीर’

पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’लाई यही बैशाख २५ गते बिहान नेपालगन्जको जानकी गाउँपालिका वडा नम्बर ६ गहनापुरबाट प्रहरीले उनीसँगै युवा नेता सत्यबहादुर शाहीलाई पनि गिरफ्तार गरेको छ । दुवैजनालाई कोहलपुर इलाका प्रहरी कार्यालयमा राखिएको छ । उनलाइ यही जेठ ८ गते बिहान १० बजे अदालतमा उपस्थित गराउनका सरकारकाे नाममा बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले आदेश दिएकाे छ । नेता बम कालिकोट जिल्ला रास्कोटका स्थायी बासिन्दा हुन् । नेता बममाथि संगठित अपराध र राजद्रोहको अभियोग लगाइएको छ । बम राजनीतिक आन्दोलनमा खरै नेताका रुपमा परिचित छन् ।

बिजय श्रेष्ठ प्रज्वलन

केन्द्रीय सदस्य प्रज्वलन चाहिं पूर्वी ताम्सालिङ ईन्चार्ज हुन् । रुपन्देहीको सैनामैना निवासी प्रज्वलन नेकपा की पोलिटब्यूरो सदस्य एवं जनयुद्धकालका जेलब्रेकर उमा भुजेलकी श्रीमान् हुन् । हाल नेकपा.ले पूर्वीताम्सालिङ ब्यूरोमा काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, र सिन्धुपाल्चोकलाई सेमिटिएको छ । नेकपा ले तोकेको भूगोल क्षेत्र संरचना तत्कालीन दस वर्षे जनयुद्धताकाका जस्तै मानिन्छ । उनी हेमन्त प्रकाश वली सगै गिरफ्तार भएका हुन हाल ललितपुर प्रहरी कार्यालयमा बन्दी जीवन बिताइरहेका छन्

चुडामणि वली ‘आदर्श / चन्द्र बहादुर  खड्का असल

बैशाख ६ गते रोल्पाका चुडामणि वली ‘आदर्श’ र सल्यानका चन्द्रबहादुर खडका ‘असल’लाई प्रहरीले दाङको तुलसीपर नगरपालिका–३ राम्रीबाट गिरफ्तार गरियो । आदर्श र असल दुवैजना ने.क.पा.का केन्द्रीय सदस्य हुन् । आदर्शका पार्टीमा स्कूलिङ विभागका सदस्य समेत रहेका छन् । जिल्लामा राम्रै प्रभाव छाडेका नेतामा गनिन्छन् ।

सल्यानको दार्मा गाउँपालिका लडा ५ का बासिन्दा युवा नेता असल महान जनयुद्धका सहिद (बुबा)परिवारका सदस्य समेत हुन् । नेता आदर्श भने रोल्पा गंगादेव गाउँपालिका–३ जिनवाङका बासिन्दा हुन् । उनी महान जनयुद्धताका बेला रोल्पा जिल्ला सेक्रेटरी थिए । प्रष्ट वक्ता र इमान्दार पहिचान बनाइसकेका आदर्श जनयुद्धकै प्रखर नेता हुन् । त्यसबेला जनयुद्धको नेतृत्व गरिरहेको ने.क.पा. (माओवादी)को रोल्पा सेक्रेटरी थिए ।

युवा नेता असल चाहिं तत्कालीन जनयुद्धका जनमुक्ति सेनाका कमाण्डर समेत हुन् । असललाई यसअघि काठमाडौं आउँदै गर्दा गत भदौ ५ गते दिउँसो धादिङको नौबिसेबाट यात्रुबाहक बसबाट गिरफ्तार दुई दिनसम्म हत्कडी र आँखामा कालोपट्टी बाँधेर अज्ञात बनाइएपछि चरम रुपमा शारीरिक र मानसिक यातना भोगिसकेका नेता हुन् । यातनाका बेला खुट्टामा नेलसमेत ठोकेको उनको खुलासा थियो । त्यसबेला उनीमाथि रुपन्देहीको बुटवलनजिक पर्ने फूलबारीस्थित भारतीय पेन्सन क्याम्पमा बम विष्फोट गराएको अभियोगमा ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनीलगायत अभियोगमा मुद्दा दायर गरिएको थियो । त्यसबेला रुपेन्देही जिल्ला अदालत भैरहावा अदालतको आदेशमा असोज १० गते धरौटी बुझाई रिहा भएका थिए । तर रिहालगत्तै ईलका प्रहरी कार्यालय बुटवलले अर्को संगठित अपराध र सवारीसाधनमा आगजनी कसुरमा मकवानपुरको इलाका प्रहरी कार्यालय पालुङलाई बुझाइएको थियो । पछि उक्त कसुरमा बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्दोष सावित गर्दै रिहा गर्न कार्तिक ९ आदेश दिएपछि नेता असल काठमाडौंबाट रिहा भएका थिए । त्यसबेला ६७ दिन हिरासत जीवन बिताएका थिए । सर्वोच्चको पछिल्लो आदेशले उनीमाथि कालिकोट जिल्ला प्रहरीले लगाएको अभियोगलाई पनि प्रवृत्र भावनाबाट प्रेरित ठहर गर्दै निकम्मा बनाइदिएको थियो । रिहापछि उनी भने पार्टीको नियमित काममा खटिइरहेका थिए । हाल नेताद्वय आदर्श र असललाई संगठित अपराधको अभियोगमा दाङको तुलसीपुर प्रहरी हिरासतमा राखिएको छ ।

शितल

नेकपाका केन्द्रीय सदस्य तथा भेरी ब्युराे इन्चार्ज सितल लाई प्रहरीले आज सुर्खेत बाट गिरफ्तार गरेकाे छ ।केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज सितल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई  आज प्रहरीले विनाकारण सुर्खेतबाट गिरफ्तार गरेको हाे ।सुर्खेतको भेरीउत्तरगंगा नगरपालिका ५ भजेनीबाट बिहान ९ बजेतिर घरमा बसिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज सितल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई गिरफ्तार गरिएको बताइएको छ ।उहाँहरु दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेतमा राखिएको छ।

बन्धु चन्द

नेकपा की केन्द्रीय सदस्य सल्यान जिल्ला घर भएकी बन्धुकुमारी चन्द पनि प्रहरी हिरासतमै छिन् । उनीमाथि आगजनी र विष्फोटको कसुरमा अनुसन्धानका भन्दै रिहाईपछि पनि पटपकटक गिरफ्तार गरी विभिन्न जिल्ला घुमाइरहेका छन् । अछामबाट जिल्ला अदालतको आदेशमा फागुन २९ मा धरौटीमा रिहा भएलगत्तै पुनः गिरफ्तार भई बाँकेको कोहलपुर पुर्याइएकी थिइन् । त्यहाँ अगजनीको कसुरमा मुद्दा चलाइएको थियो । त्यहाँबाट उनलाई साधारण तारेखमा रिहा गरियो तर पुनः गिरफ्तार गरी बर्दिया पुर्याइयो । त्यहाँ बाँसगढीस्थित प्रहरी हिरासतमा राखियो । त्यहाँबाट पनि रिहा गरियो तर पुनः गिरफ्तार गरी कैलालै पुर्याइयो । हाल नेतृ चन्द कैलालीको टिकापुरस्थित प्रहरी हिरासतमा रहेकी छिन् ।  शुरुमा उनलाई पार्टीले माघ १ बाट शुुरु गरेको दुई महिने ‘संगठन विस्तार तथा सुदृढिकीकरण अभियान–२’को बेला अछामको विनायकस्थित पुल्लेतोलाबाट फागुन ११ गते प्रहरीले गिरफ्तार गरेको थियो । त्यसअघि पनि उनी काठमाडौंबाट संघर्षका क्रममा पटकपटक गिर्फ्तार पर्दै छुट्दै आएका थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार