;efklt b]pjf ;Daf]wg
g]kfn k|]; o'lgog lrtjg zfvfsf] cf7f}+ lhNnf clwj]zg pb3f6g ;df/f]xnfO{ z'qmaf/ ;Daf]wg ub}{ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M lrtjg, /f;;
विभिन्न गुट–उपगुटमा रहेका कारण कमजारे प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ । सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय छाया सरकार गठन गरेको थियो ।
छाया सरकारको जिम्मेवारी पाएका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् । यसरी असन्तुष्टि जनाउने नेताहरुमा गगन थापा, अमरेश सिंह लगायत छन् ।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रत्येक मन्त्रालयमा एक संयोजक र दुई सदस्य रहने गरी छाया सरकार गठन गरेका थिए। कांग्रेसले यसलाई मन्त्रालय समन्वय समिति नाम दिएको छ । छाया सरकारको परराष्ट समितिमा रहेका सिंहले आफू उक्त समितिमा नबस्ने जानकारी संसदीय दलमा लिखित रूपमै गराएका छन् । यो समाचर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नवीन झाले लेखेका छन् ।