logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रन्जित तामाङ्ले फेरी पत्रकार सम्मेलनमा आफ्नो पदबारे यसो भने


  • राजनीति
  • बिहिबार, जेष्ठ ९ २०७६

झापा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु)का सहअध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताएका छन् ।

प्रेस सङ्गठन झापाले बुधवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहअध्यक्ष तामाङले ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ,’ उनले भने, ‘पार्टी एकताका त्याग र समर्पण गर्नुपर्छ, म गर्छु ।’ सहअध्यक्ष तामाङले आफूलाई पार्टीले जिम्मेवारी दिने विषयमा अन्याय भएको बताए ।
अड्वेर्टिसेमेण्ट्

‘म पदबाट राजिनामा दिन्नँ,’ उनले भने, ‘मेरो मूल्याङ्कलन गरेर मलाई पार्टीले अर्को जिम्मेवारी दिनुपर्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार