राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विजय श्रेष्ठ ‘प्रज्वलन’सहित चार जना अदालतको आदेशमा रिहा भएका छन् ।
ललितपुर जिल्ला आदालतले आज थुनछेक बहसपछि सुनुवाई गर्दै नेता प्रज्वलन सहित नेकपा रौतहट जिल्ला ईन्चार्ज शंकर अधिकारी, जिल्ला नेताहरु देवराज घिमिरे र सञ्जिव कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट गिरफ्तार उनीहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बिन्धि कसुरमा आज ललितपुर जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायधिस धनसिंह महराको एकल इजलासले रिहा गर्न आदेश दिएको हो ।
तर सोहि मुद्धामा ने.क.पा.का स्थाई समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन), नेताहरु रामकृष्ण खतिवडा, लोकेन्द्र बहादुर कार्की र बुद्धि बहादुर स्याङतानलाई भने अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
यसअघि नेता सुदर्शनसहित ४ र त्यसअघि गिरफ्तार भएका २ गरी ६ जनालाई पुर्पक्षका लागि भन्दै ललितपुर जिल्ला अदालतले नै नख्खु जेल चलान गरिसकेेेकाे छ।
नेता सुदर्शनलाई एनसेलको ललितपुरको नख्खुस्थित केन्द्रीय कार्यालय परिसरमा गत फागुन १० गतेका दिन बम विष्फोट भएको घटनासँग जोडेर संगठित अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धानका लागि भन्दै पुर्पक्षका लागि काराकार चलान गरिएको थियो ।
आज फेरी हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बिन्धि कसुरमा पुनः थुनामा राख्न अदालतले आदेश दिएको हो ।
आठै जना नेतालाई आज अदालतमा उपस्थित गराईएको थियो । बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता खिमानन्द अधिकारी लगायतले बहस पैरवी गरेका थिए । रिहा भएका नेतालाई पुनः गिरफ्तार गर्ने प्रहरीको तयारी रहेको प्रहरीले पक्राउ गरि अवस्था अज्ञात बनाएकाे पारिवारिक स्राेतले बताएकाे छ ।