logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

फेरी चितवनमा गोली लागेर एक घाइते


  • रासस
  • शुक्रबार, जेष्ठ १० २०७६

भरतपुरमा आज अपरान्ह गोली चल्दा एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा गोली चल्दा सोही ठाउँ निवासी ३८ वर्षीय सुकबहादुर चेपाङ घाइते भएका हुन् ।

मध्यान्ह १२ बजे घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा गोली लागि चेपाङ घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार घाइतको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ ।

कस्ले कतिखेर के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार