राजनीति
विप्लव नेतृत्वको नेकपाकाे भखर्रै सम्पन्न स्थायी समितिकाे बैठकले केही सांगठनिक हेरफेरहरु गरेकाे बुझिएकाे छ । प्रतिबन्ध पछि पहिलाेे पटक बसेकाे उक्त बैठकले भुगाेल संरचनाकाे जिम्मेवारी मा हेरफेर गरेकाे हाे ।
नेकपाकाेे संरचना अनुसार ३ वटा मुख्य कमाण्ड छन् । यी कमाण्डहरु नेकपाकाे उपल्लो निकाय स्थायी समितिका सदस्यहरुले नेतृत्व गरिएका छन् । पुर्वी कमाण्ड पश्चिम कमाण्ड तथा मध्य कमाण्ड गरि सिंगाे देशलाइ ३ कमाण्डमा बिभाजन गरेर सांगठनिक गतिविधि गरिरहेकाे नेकपामा नयाँ सांगठनिक कार्य बिभाजन भएको छ। स्राेत का अनुसार पुर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा ‘बिरहि’ लाई प्रकाशन प्रमुखकाे जिम्मेवारी मन राख्दै त्यहा स्थायी सदस्य सन्ताेष बुढामगर ‘विषम’ लाई जिम्मेवारी दिइएकाे छ ।
यसैगरी स्थायी सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश वलि गिरफ्तार भएपश्चात खालि भएको उक्त स्थानकाे जिम्मा केन्द्रीय कार्यालयले लिएकाे छ जहाँ महासचिव विप्लव आफै छन । मध्यकमाण्डको जिम्मेवारी सम्हालिरहेका नेता हेमन्तप्रकाश वली प्रक्राउ पछि पूर्पक्षका लागि जेल चलान भएपछि उनको ठाउमा केन्द्रीय कार्यालयले नै हेर्ने भएको हाे ।
‘ब्यक्ति नै तोकेर मध्यकमाण्डको जिम्मा दिईएको छैन । केन्द्रीय कार्यालयले हेर्ने भन्ने वनेको छ । कार्यलयका तर्फवाट , एक नेताले भने, –‘पार्टीको कमाण्ड संरचनामा केही हेरफेर भएको छ।
यस अघि मध्यकमाण्डकाे इन्चार्ज काे रुपमा पार्टी प्रवक्ता प्रकाण्ड आएका समाचारहरु छापामा आएका थिए ।