राजनीति
काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गत बैशाख १६ गते नेपालि सेना का जवान अपहरण गरेकाे कुरामा प्रारम्भिक प्रतिक्रिया जनाएकाे छ ।
विश्व प्रख्यात युवा अभियान्ता तथा विप्लव नेतृत्वको नेकपाका एकजना नेता जाजरकोट निवासि नर बहादुर कार्कीले उक्त समाचार बारे ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले सामाजिक संन्जाल फेसबुकमा स्टाटस राख्दै भनेका छन ‘यो नामाको वडा वडा अध्यक्ष नै छैनन, एउटा पनि श्रोत नखुलेको र जिल्ला बासी हुनुको नाताले कुनैपनी सन्दर्भ र तथ्य मिलेको छैन । यो बदनियत पूर्ण र आपत्तिजनक प्रोपगाण्डा ‘सेना’ र ‘नेपाल कम्युनिष्ट पार्टिको उच्च साख घटाऊने (डेस्क न्यारेटिव) ‘कुत्सित बयान हो’ ।’
विप्लव नेतृत्व नेकपा र नेपाली सेना भिडाउने षड्यन्त्रको सुरुवात भएकाे भन्दै उनले सन्दर्भ र तथ्य नै नमिलेकाे घटना नभएको कुरा कसरी बाहिर आयाे गम्भीर कुरा भएको भनेका छन् । याे बदनिय पुर्ण आपत्तिजनक प्रापाेगाण्डा भएको भन्दै विप्लव नेतृत्व र सेना भिडाउने षड्यन्त्र भएको बताएका छन् ।
उता जाजरकोटमा आफ्ना एकजना सैनिक अधिकारी अपहरणमा परेको घटनालाई नेपाली सेनाले सेनालाई उत्तेजित बनाएर विप्लव नेकपा विरुद्ध परिचालन गराउने उद्धेश्यले गराइएको घटना भएको हुनसक्ने बताएको छ ।
नेपाली सोले भनेको छ, नेपाली सेनालाई उत्तेजित गराउने उद्देश्यले यस्ता गतिविधि गराइएको हुन सक्छ,’ एक उच्च सैनिक अधिकारीले भने, ‘सेनालाई उत्तेजित बनाई विप्लवका गतिविधिविरुद्ध परिचालित गराउने षड्यन्त्र त होइन भन्ने आशंका बढिरहेको छ । सैनिक नेतृत्व तहबाटै यसमा विश्लेषण पनि भइरहेको छ।’
रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लवका कार्यकर्ता भनिएको समूहले अपहरण गरेको समाचारआजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
अन्नपूर्ण पाेष्ट दैनिककाे समाचार सेयर गर्दै उनले उक्त कुरा बताएका हुन्।
यस्तो छ उनकाे स्टाटस
