logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

काठमाडौंमा दुई स्थानमा बम बिस्फोट”सुकेधारामा दुई अनामनगरमा एकको मृत्यु भएको आशंका


  • राजनीति
  • आइतबार, जेष्ठ १२ २०७६

काठमाडौं –  राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार दिउँसो सुकेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा दुई जनाको मृत्यु भएको हो। अन्य पाँचजना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए। घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। प्रसाईंका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

यस्तै, अनामनगरमा पनि विष्फोट भएको खबर आएको छ। अहिलेसम्म अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको बताइएको छ। घटनाबारे बुझ्न प्रहरी त्यसतर्फ गएको सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यले जानकारी दिएका छन्।घटनाको पुष्टि प्रहरीले गरेको छ।थप विवरण आउन बाँकी रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार