logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सुरक्षा निकाय वा कुनै ब्यक्ति अपहरण गर्ने निति योजना छैन : नेत्र बिक्रम चन्द विप्लव


  • राजनीति
  • आइतबार, जेष्ठ १२ २०७६

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज आइतबार विज्ञप्तिमार्फत अन्नपूर्ण पोष्ट अनलाइनमा “विप्लवको अपहरणमा सैनिक जवान, एक महिनासम्म गुपचुप” शिर्षकमा शम्भु कट्टेलको बाइलाइनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण मात्र नभएर कडारुपमा खण्डन गरेको छ ।

विप्लवले निकालेको बिज्ञाप्तीमा भनिएको छ ‘समाचार पूर्णरुपले कपोलकल्पित, भ्रामक र हाम्रो पार्टी र हामीले सञ्चालन गरेको संघर्षद्वारा अत्तालिएको  सत्ताको षड्यन्त्र बाहेक अरु केही नरहेको स्पष्ट पार्न चाहान्छौं । पहिलो कुरा त उक्त समाचारमा भनिएको जस्तो जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपाली काँग्रेसका वीरबहादुर शाही नभएर तत्कालिन एमालेका रामबहादुर नेपाली छन् । उनका ८ वर्षीय नावालक छोरा छन् । दोस्रो र मुख्य कुरा हाम्रो पार्टीको सुरक्षा निकाय वा व्यक्तिलाई अपहरण गर्ने कुनै नीति र योजना नै छैन ।’ विज्ञप्तिमा भनिएको छ ।

यसरी सरासर झुठ र कपोलकल्पित समाचार एउटा राष्ट्रिय स्तरमा स्थापित सञ्चार माध्यममा आउनु आफैमा दुखतः, दुरासयपूर्ण रहनुका साथै हाम्रो पार्टी र सुरक्षा निकायका बीचमा भ्रम सिर्जना गरी दमन गर्न उक्साउने नियतले प्रायोजन गरिएको बुझ्न सकिन्छ । यस्ता गतल, तथ्यहिन र भ्रमपूर्ण समाचारमा विश्वास नगर्न/नछाप्नसमेत विप्लवले विज्ञप्तिमार्फत सम्बन्धित सबैमा हार्दिक अपील गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार