logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कोटेश्वरबाट पक्राउ परेका प्रतिबन्धित विप्लव नेकपाका ७ नेता कार्यकर्ता को को हुन ?


  • राजनीति
  • सोमबार, जेष्ठ १३ २०७६

पोखरा – काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका ७ जना कार्यकर्तामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेकाहरुसँग प्रहरीले प्रारम्भिक बयान लिएको छ । पक्राउ परेकाहरुलाई आजै अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

पक्राउ पर्नेहरुमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिराम पुन, बुद्धिबहादुर सुनार, राकेश श्रेष्ठ, चित्रकमल ओली र डम्बरबहादुर तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले चन्दको ब्यानर, पर्चा, केही किताब र कागजात बरामद गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार