भाेजपुरमा प्रहरीले हत्या गरिएका तिर्थ घिमिरे ‘राजु’ हत्याकाे बिराेधमा नेकपाद्वारा आयाेजना गरिएकाे नेपाल बन्दका क्रममा १२ गते राजधानी मा अप्रत्याशित घटनाहरु घटे ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयाेजना गरेकाे बन्दकाे पुर्वसंन्ध्यामा काठमाडौं काे सुकेधारा र अनामनगरमा दुई शक्तिशाली बम बिस्पाेट भए । उक्त बिस्पाेटबाट मानबिय क्षति अर्थात ४ जनाको मृत्यु भएको छ । अहिले सम्म दुइ जनाको मात्र पहिचान खुलेको छ । सुकेधाराको बिस्फोटमा घाइते भएर उपचारको क्रममा मृत्यु भएका दिपेन्द्र बिश्वकर्मा हुन ।
प्रहरीले अनुसन्धान गरिरहदा घाइते चार जना र मृत्यु हुनेमा दुई जनाकाे पहिचान भएकाे छ। उक्त बिस्पाेटमा परि बझाङ घर भएका अखिल (क्रान्तिकारी ) का केन्द्रीय सदस्य प्रज्वल शाही र कालिकाेट मुम्रा घर भएका युवा संगठन का दिपेन्द्र बिश्वकर्माकाे निधन भएकाे छ । घाइते हुनेहरुमा रबिन केसी रुकुम सुरेन्द्र महर्जन काठमाडौं हरि खडका काभ्रे छाेटे ठाकुर काे पहिचान भइसकेकाे छ ।

प्रज्जवल शाही
बिस्पाेटमा परि शाही र सुकेधाराकाे बिस्पाेटमा परी बिश्वकर्माकाे मृत्यु भएको बुझिएकाे छ । अहिलेसम्म मृत्यु हुनेहरुकाे संख्या ४ पुगेपनि दुइजनाकाे अझै पहिचान खुल्न सकेकाे छैन ।

दिपेन्द्र बिश्वकर्मा
तर प्रहरीले र नेकपा ले भने आधिकारिक रुपमा यसकाे पुष्टि गरिसकेकाे छैन् । यसैबिच अनामनगर बिस्पाेटमा मृत्युु भएका प्रज्जव शाहीकाे सब शिक्षण अस्पताल टिचिङ लगिएकाे बुझिएकाे छ। उनकाे सब पाेस्टमार्टम पछि आफन्तलाइ बुझाउने तयारी भइरहेकाे बुझिन आएकाे छ।