राजनीति
सरकार द्धारा प्रतिबन्ध नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटनालाइ बलिदानी भन्दै मृत्यु हुनेलाइ सहिद घोषणा गरेकाछन । विप्लवले पार्टी, जनमुक्ति सेना र जवसका कमान्डरहरू महान, दीपेन्द्र, प्रज्वलशाही र निरन्तरका साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’लाई सहिद घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पाँचै जनालाई सहिद घोषणा गरेका हुन् ।
विप्लवले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको पनि स्पष्ट पारेका छन् । सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
महासचिव विप्लवले १३ गतेको नेपाल बन्द लगायत आमहडताल सफल पार्नेहरूप्रति धन्यवाद दिएका छन् ।
नेकपा महासचिव विप्लवले विज्ञप्तिमा कम्युनिस्टका नाममा नेपालमा फासिवादको अभ्यास गरिराखेको र यही क्रममा यो सामाजिक फासिवादी सरकारले नेकपा सम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मङ्गलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा झूट्टो मुठभेटका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोलीहानी हत्या गरेको स्मरण गराउँदै यसरी सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने प्रस्ट पारेका छन् ।
सोही प्रतिरोध नेकपाले विभिन्न कार्यक्रमका साथै सोमबार आमहडतालसहित नेपाल बन्दको आयोजना गरेको थियो ।
उनले अगाडि भनेका छन्, ‘केपी सरकारको राज्यआतङ्क, कमरेड तीर्थ घिमिरे हत्याकाण्ड विरुद्ध आयोजित नेपाल बन्द कार्यक्रमलाई साथ र सहयोग दिने राजनीतिक पार्टी र आमजनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वलशाही, कमरेड निरन्तरको सहादतले यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ । यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन नै रहेको स्पष्ट गर्दछौँ । सहादत प्राप्त गर्ने कमरेडहरूप्रति सिङ्गो पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।’
विप्लवले भनेका छन्, ‘हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जाननदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘साथै राज्यआतङ्क, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न विशेष आह्वान गर्दछौँ ।’ विज्ञप्तिकाे पूर्णपाठ…
