राजनीति
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापनले गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजिनामा दिन माग गरेका छन ।
काठमाडौं मा आयाेजित प्रेस युनियनको २८ औं वर्षगाँठको अवसरमा नेता थापाले भने, ‘गृहमन्त्रीले सुरक्षा दिन खोज्नुभएको कि नागरिकलाई तर्साउन खोज्नुभएको ? नागरिकलाई सुरक्षा दिन नसकेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्छ । हमीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो ।’ हिजाे मात्रै काठमाडौं मा श्रृङखलाबद्व बिस्पाेटमा परि ४ जनाकाे ज्यान गएको तथा केही घाइते भएको तर्फ संकेत गर्दै उनले गृहमन्त्री गैरजिम्मेवार भयर नहुने बतााए।
नेेता थापाले सरकारले अधिनायकवादतर्फ सोचले अगाडि बढ्दै गए काँग्रेसले ठेगान लगाउने बताए । उनले भने, ‘राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं । अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ ।’
यता गृहमन्त्री थापाले सरकार देशमा शान्ति सुरक्षा कायम गर्न सबैभन्दा सफल रहेको दाबी गर्दै आएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले आइतबार काठमाडौंमा भएको बम विस्फोटबारे जानकारी दिँदै उपत्यकामा विप्लवको चार कम्पनी जनसेना रहेको बताएका थिए ।