logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

एका बिहानै मालपोत कार्यालय कैलालीको परिसर भित्र शंकास्पद बस्तु फेला


  • राजनिती न्युज डेस्क
  • मंगलबार, जेष्ठ १४ २०७६

पोखरा- एका बिहानै जिल्ला मालपोत कार्यालय कैलालीको परिसर भित्र शंकास्पद बस्तु फेला परे पछी सवै त्रसित बनेको छ। कालो झोलामा शंकास्पद बस्तु भेटिएपछि प्रहरीले सो स्थानलाई घेराबन्दी गरेर नियन्त्रणमा लिएको छ ।

शंकास्पद कालो झोला फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डांगीले पुष्टी गरेका छन । यदपी त्यो स्थानमा कुनै पर्चा पम्प्लेटहरु फेला नपरेको समेत उनले बताए ।

बम हुन सक्ने आशंकामा नेपाली सेनाको बस डिस्पोजल टोलीले अहिले त्यसलाई डिस्पोजको तयारी गरेको बताए।

सोमबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दका क्रममा ठाउँ ठाउँमा बम फेला परेपछि जनजीवन आतंकित बनेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार