logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

प्रहरी हस्तक्षेपका बिच ‘महान’ काे दाङ, दिपेन्द्र र निरन्तर काे काठमाडौंमा अन्त्येष्टि


  • राजनीति
  • बिहिबार, जेष्ठ १६ २०७६

सुकेधारा विस्पाेटमा ज्यान गुमाएका विप्लवका जनमुक्ति सेना मध्यकमाण्ड प्रमुख गाेकुल राना महानकाे आज अन्त्येष्टि गरिएको छ। गृहजिल्ला दाङमा उनकाे अन्त्येष्टि गरिएको हाे ।

सयाैं प्रहरीको घेरा र हस्तक्षेपका बिच सहिद गाेकुल राना ‘महान’ काे श्रद्धाञ्जलीसहित  दाङमा अन्त्यष्टी भएको छ ।

यहि जेठ १३ गते काठमाडौंकाे सुकेधारास्थित बम विस्फाेटमा परि सहिद हुनुभएका बबई गाउँपालिका ३ धनबासकाेटका गाेकुल राना ‘महान’ लाई आज  नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलीसहित ट्वाङ्खोलामा अन्त्यष्टी गरिएकाे हाे

।

अन्तिम श्रद्धाञ्जलीसहित मलामी गएका उहाँका आफन्त, स्थानीय जनमानसलाई सयौं प्रहरी परिचालित भएर अनावश्यक आतकिंत र त्रसित बनाएको छ । प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तुलसीपुर, पञ्चकुले, हापुरेबाट ड्रेससहित र शिविलमा खटिएका प्रहरी र सशस्त्र प्रहरी मलाममा गएका स्थानीय जनतालाई आतकिंत बनाउदै अनावश्यक साेधपुछका बिच अन्त्यष्टी गरिएको छ ।

जनमुक्ति सेना सहिद महानका २ छाेरी, छाेरा र श्रीमती हुनुहुन्छ ।
यसैबिच नेपाल कम्युनिस्ट पार्टी दाङले बबई गाउँपालिका ट्वाङ्खोलामा सहिद महानकाे अन्तिम श्रद्धाञ्जली दिन र अन्त्यस्टी गर्न गएका जनसमुदायलाई अनावश्यक आतकिंत बनाउदै त्रासमय वातावरण सिर्जना गरेकोमा घाेर भत्सर्ना गरेको छ ।
यस्तै सुकेधारा बिस्पाेटमा ज्यान गुमाएका जनमुक्ति

सेनाका सदस्यहरूद्वय दिपेन्द्र बिककाे १४ गते र निरन्तर मल्लकाे १५ गते पशुपति आर्यघाट मा अन्त्येष्टि भइसकेकाे छ । भने घाइतेहरुकाे ओम हस्पिटल चावहिल वीर हस्पिटल मा उपचार भइरहेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार