logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कास्कीमा श्रद्धाञ्जली सभा, सहिदको सपना पुरा गरिछाड्ने इन्चार्जको प्रतिवद्धता


  • वि पि बिद्रोही
  • शुक्रबार, जेष्ठ १७ २०७६

१७ जेठ पोखरा -नेपाल कम्युनिस्ट पाटी कास्किले एकीकृत जनक्रान्तीको दौरानमा सहिद भएका आफ्ना कार्यकर्ताहरुको सम्झनामा आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। पोखराको एक गोप्य स्थानमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै नेकपा कास्की जिल्ला इन्चार्ज कमरेड रुपेसले महान सहिदहरुले बगाएको खुन पसिना खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेकाछन । नेपालको इतिहासमा अहिलेको नेकपा माथिको प्रतिबन्ध नंया नभएको बताउदै बताए ।

हिजो राणाहरुले काङ्ग्रेस लाई ,पन्चहरुले कम्युनिस्ट लाई र राजतन्त्रले माओवादी लाई लगाएको प्रतिबन्धको शृङ्खला हो। प्रतितोधका हिसाबले अहिलेको नेकपा माथिको प्रतिबन्ध एकदमै ससक्त भएको वहाले जिजिर गरेका थिए ।  राज्यको प्रतिबन्धले पाटिलाइ अझ मजबुद बनाएको प्रतिबन्धको बाबजुद पनि सम्पुर्ण जनताले खुलेर साथ दिएको बताउदै अबको तीन चार महिनामा क्रान्तिकारी आन्दोलन नंया चरणमा पुग्ने बिश्वास ब्यक्त गरेकाछन ।

राज्यसत्ता दिनदिनै कमजोर बन्दै गैरहेको र क्रान्तिकारी आन्दोल मजबुद बन्दै गैरहेकोले कोहि पनि निरास नहुन आग्रह गर्नुभयो। कार्यक्रम मा बोल्दै बेपत्ता योद्धा पुर्ण पौडेल कि आमा मोतिमाया पौडेलले।प्रचण्ड लाई सम्पती चाहिएको भए हामी दिनेथियौं । प्रचण्ड ले जनतालाई परिबर्तनको आस देखाएर आज भ्रस्टाचार मा चुर्लुम्म डुबेको आरोप लगाउनुभयो। प्रकाश दाहाल को मृत्युु हुदा सीता दाहाल मानसिक रोगी भएको बताउदै वहाले भन्नुभयो बीस बर्स भयो मेरो छोरा घर नफर्केको मैले कसरी सहेंहोला ? वहाले प्रस्न गर्नुभयो । बिप्लब अब एक्लो नभएको जिकिर गर्दै पुरै जङ्गल जसरी फैलिएको बताउदै क्रान्तिकारी हरु निरास नहुन आग्रह गरेका थिए ।

कार्यक्रम मा बोल्दै प्राध्यापक हिमलाल पराजुलिले जनताका छोराछोरी मारेर नेता बन्ने राजनैतिक सस्कारको बिकास भएकाले अब को आन्दोलन मा तेस्तो हुन नहुने धारणा व्यक्त  गएएका थिए । कास्की जिल्ला बाट जनयुद्ध को क्रममा सहिद हुनेहरुको नाम पढेर सुनाउदै पराजुली ले  सहिदहरुको लाम मा फेरि थपिएको छ सहिद र बेपत्ता घाइतेहरुको सपना पूरा गर्नु पर्नेमा जोड दिएकाहुन । कार्यक्रम मा प्रतिबन्ध पछि राज्य ले पक्राउ गरेर छाडेका हरुको हिरासत अनुभव सुनाइएको थियो। हिरासत अनुभब सुनाउदै कास्की जनसरकार प्रमुख रामकाजी गुरुङ ले भन्नुभयो।हिरासतमा प्रहरिको व्यबहार अति अमानबिय रहेको बताए । त्यस्तै अमृत सापकोटाले हिरासतमा आफुहरुलाइ चरम यातना दिएको सुनाएका थिए । कार्यक्रममा हिरासत बसाइ पछि रिहाइ भएका विद्यार्थी नेता प्रकाश बास्तोला ,मजदुर नेता अमृत र जनसरकार प्रमुख रामकाजी गुरुङ लाई सम्मान गरिएको थियो। एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गर्नुहुने सात जना सहिदहरुको तस्बिरमा अबिर लगाएर सम्मान गरिएको थियो। नेकपा कास्की सेक्रेटरी आक्रोश ले संचालन गरेको कार्यक्रम मा करिब पचास भन्दा बढी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कडा सुरक्षा चुनौतीका बाबजुद पनि कार्यक्रम सानदार रुपले समपन्न भएको नेकपा कास्की स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार