logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकार परिवर्तन हुन्छ,अबको प्रधानमन्त्री अध्यक्ष प्रचण्ड – वामदेव


  • राजनीति
  • शुक्रबार, जेष्ठ १७ २०७६

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुने भन्दै सनसनी पुर्ण कुराको खुलासा गरेका छन।

एकताकै क्रममा तत्कालीन माओवादी केन्द्र र एमाले बीच सरकारको नेतृत्व आलोपालो गरेर गर्ने सहमति भएको खुलासा गर्दै नेता गौतमले त्यसबाट दायाँबायाँ हुन नहुने बताए। सहमतिबाट दायाँबायाँ भए पार्टी एकता बिथोलिने उनको भनाइ थियो।

शुक्रबार प्रेस संगठन प्यूठानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सहमति पूर्ण रुपमा पालना हुने विश्वास व्यक्त गरे। ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिन्छ’, उनले भने, ‘त्यसैले जे सहमति भएको हो, त्यो पालना हुन्छ, कसैले उल्लंघन गर्दैन भन्नेमा म ढुक्क छु।’

नेता गौतमले सहमति अनुसार अबको प्रधानमन्त्री अध्यक्ष प्रचण्ड बन्ने दावी गरे।

केही दिनअघि अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको र आफू प्रधानमन्त्री बन्ने दावी गरेका थिए। नेता गौतमले एकता प्रक्रिया देखिनै प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री एक पद छाड्नुपर्ने बताउँदै आएका थिए। पार्टी एकतापछि गौतम अध्यक्ष प्रचण्डको नजिक देखिएका छन्।

आलो पालो सरकार ! ओली-प्रचण्डबीच भएको पाँच बुँदे सहमति यस्तो छ हेर्नुस

तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बीच भएको भनिएको गोप्य पाँच बुँदे सहमति सार्वजनिक भएको छ।यसअघि नेताहरुले अप्रत्यक्ष रुपमा आलोपालोको चर्चा गरे पनि लिखित सहमतिको चर्चा भएको थिएन।

सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ।
पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा बुधबार बेलुका नेकपाका अध्यक्ष प्रचण्डले’ओलीले साढे दुई वर्षपछि प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ’ भन्दै राजनीतिक वक्तव्य दिएका थिए। लगत्तै दिउँसो गोप्य भनिएको सहमति सार्वजनिक भएको हो।

पत्रकार शुभशंकर कँडेलको पुस्तक ‘नेकपाको एकताका ऐतिहासिक आधारहरु’ पुस्तकबाट सहमति सार्वजनिक भएको हो। कँडेलको पुस्तक केही समय अघि नै सार्वजनिक भए पनि लिखित सहमतिपत्र बाहिर चर्चामा आएको थिएन। कँडेलले आफ्नो पुस्तकमा सहमति पत्र दस्तावेजका रुपमा राखिएको बताए।

सहमति पत्रमा नेकपा एकता घोषणा हुनु अघिल्लो दिन २०७५ जेठ २ गतेको मिति छ। सहमति पत्रमा नेकपाका हालका महासचिव विष्णु पौडेल र नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पनि हस्ताक्षर गरेका छन्।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच केही दिन अघि बालुवाटारमा वार्ता भएको थियो।प्रचण्डले ऋषि धमलासँगको अन्तर्वार्तामा तीनचार दिनअघि ओलीसँग छलफल भएको बताएका छन्।

‘केपीजीसँग मेरो खुलेर छलफल हुन्छ। तीनचार दिन अगाडि बस्यौं। खुलेर मनमा लागेको कुरा भनियो। दुई जना मात्र बसेर। यसले के देखाउँछ भने एकता गर्दाको स्पिरिट, जनताले दिएको भरोसा विश्वास। हामीले एकले अर्कालाई दिएको भरोसा विश्वास तोड्ने होइन बलियो बनाउनेतर्फ जाने लाइनमा छलफल भएको छ’, प्रचण्डले भनेका छन्।

प्रचण्डले भरोसाको प्रसङ्ग उठाउनु र सहमति बाहिरिनुले दुई अध्यक्षबीच खटपटको आशंका उब्जिएको छ। हेर्नुहोस् सहमति पत्र –

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार