logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सुकेधारा र घट्टेकुलो विस्फोट लगतै ७ जना समात्न नरेफाँट कसरी पुग्यो प्रहरी ?


  • राजनीति
  • शनिबार, जेष्ठ १८ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गत जेठ १३ गते नेपाल बन्दको आयोजना गरेको थियो । बिगतका बन्द भन्दा यसपालाको बन्द वेग्लै मात्र रहेन मानबिय क्षति पनि हुन पुग्यो । भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको आक्रोशमा बन्द गरेको  नेकपाले आफ्नै ४ कार्यकर्या गुमाउनु पुग्यो । विप्लवको बिज्ञप्ती अनुसार मारिने जन वर्गीय संगठनका मात्र थिएनन् उनकै भाषामा जनमुक्ति सेनाका सदस्यहरु समेत थिए । आखिर किन कुन कारण त्यतिका ठुलो दुर्घटना भयो ? नेकपा भित्र र बाहिर ठुलै सोधिखोजीको बिषय बनेको देखिन्च । त्यसको सत्य अहिले सम्म सार्वजनिक भएको छैन । यधपी नेकपाले छानबिन गरेर सत्य बाहिर ल्याउने घोषणा गरिसकेको छ ।

१२ गते ४ जना कार्यकर्ता गुमाएको नेकपाकाको त्यही साझ उपत्यका बाट थुप्रै कार्यकर्ता गिरफ्तार परे ।

विस्फोट लगतै  ७ जना बसेकै कोठामा प्रहरी कसरी पुग्यो ?

काठमाडौंको नरेफाँटस्थित मूल सडककै एउटा घर। त्यो घरको ग्राउन्ड फ्लोरमा सानो कोठा।

एउटा पलङ, खाना पकाउने ग्यास चुलो र सिलिण्डरमात्र। त्यही कोठामा आइतबार राति ८ बजे हतियारसहितका र सादा पोसाकका प्रहरी प्रवेश गरे। कोठाभित्र ७ जना बसिरहेका थिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी सुरू गर्‍यो।

खाटमूनि लुकाएर राखेको अवस्थामा प्रहरीले ४ वटा प्रेसर कुकर, मसाल जुलुस निकाल्न तयार पारिएको अवस्थामा साना लाठी, सोमबारको नेपाल बन्द सफल पारौं भन्ने आशयको पर्चाहरू भेट्यो।

प्रहरी आएर टोलको घरमा खानतलासी सुरू गरेपछि एकैछिनमा छिमेकीहरू वरिपरि झुम्मिए।

छिमेकीहरूले प्रहरीले किन खानतलासी गरेको भन्ने सुइको पाएका थिएनन्। केहीबेरमै काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले घटनास्थलमै उनीहरूलाई जानकारी गराए ।

घट्टेकुलो र सुकेधारमा केहीबेरअघि बम विस्फोटको खबर सुनेका नरेफाँटका स्थानीय सो घटनाले खङरङ भए।

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भएर ४ जनाको मृत्यु भएपछि महानगरीय प्रहरी कार्यालय, अपराध महाशाखा, काठमाडौं प्रहरी परिसर, सिआइबी र विशेष ब्युरोका टोली घटनास्थलमा नै गएर अनुसन्धान थालेका थिए।

नेपाल प्रहरीले व्यापक रूपमा सादा पोसाकमा प्रहरी परिचालन गरेको थियो।

सादा पोसाकमा खटेका एक प्रहरीले नरेफाँटमा नेकपाका कार्यकर्ता लुकेर बसेको सुइको पाए । आफूले पाएको सूचना तुरून्तै काठमाडौंका एसपी अशोक सिंहलाई फोन गरेर जानकारी गराए। सिंहले तुरून्तै काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई जानकारी गराए।

सुवेदीले अप्रेसनको जिम्मा एसपी सिंहलाई दिएर तुरून्तै ‘एक्सन’मा जान भने।

रातको ८ बजे एसपी सिंहको टोली नरेफाँट पुग्दा सशस्त्र र शादा पोशाकका प्रहरीले सो घर निगरानीमा राखिसकेका थिए।

एसपी सिंह प्रहरीको टोली लिएर आफैं शंकास्पद कोठामा छिरेर खानतलासी सुरू गरे।

प्रहरीले ४ कुकर र ७ जना कार्यकर्तालाई त्यहीँ गिरफ्तार गर्‍यो।

‘सही समयमा सही सूचना पाएपछि सर्च गर्दा उनीहरूलाई पक्रन सफल भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूले पार्टीको नीति अबलम्बन गरेर नेपाल बन्द सफल बनाउने अभियानमा आफूहरू लागेको प्रहरीसमक्ष बताएका छन्। उनीहरूको साथबाट बरामद भएको प्रेसर कुकर ललितपुरको लगनखेल र ग्वार्कोमा भेटिएको सग मिलेको प्रहरीको भनाइछ ।

सुकेधारा र घट्टेकुलो बम विस्फोटमा संलग्न भएकाहरूसँग नरेफाँटमा पक्राउ परेकाको फोन सम्पर्क भएकोले पनि उनीहरू सबै योजनावद्ध रूपमा काठमाडौंमा विस्फोट गराउने काममा संयोजन गरिरहेका थिए भन्ने देखिन्छ।

उनीहरुको साथमा भएको १० मोबाइल फोन अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले विशेष ब्युरोलाई बुझाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार