राजनीति
बिद्यार्थी संगठनलाइ समर्थन गरेकै आधारमा त्रिचन्द्र क्याम्पसका छात्रा सपना मगरलाइ गिरफ्तार गरेको भन्दै विप्लव निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आक्रोश व्यक्त गरेको छ ।
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रान्तिकारी काठमाडौ क्याम्पस जिल्ला समितिले आज एक बिज्ञप्ती जारी गरेको । बिज्ञप्तीमा स्कुल कलेज पढ्ने बिद्यार्थीलाइ सामन्य आस्था राखेकै भरमा गिरफ्तार गरि यातना दिइएको भन्दै बिरोध जनाएको छ । न्युनतम स्वतन्त्रता र प्रजातान्त्रिक मुल्य मान्यताको पालना नगरी धरपकड गरिएको भन्दै काडा रुपमा निन्दा गरेका छन ।
क्रान्तिकारीका काठमाडौ क्याम्पस जिल्ला समिती अध्यक्ष उषाकिरण आजादको हस्ताक्षरीत बिज्ञप्तीमा उनको बिनासर्त रिहाइको माग गर्दै २४ घन्टै अल्टिमेटम दिएको छ । साथै रिहा नगरे प्रतिरोध गर्ने चेतावनी समेत दिएकाछन ।
